Friday, March 10, 2017

खाना पकाउने ग्यासको मूल्य बढ्यो

खाना पकाउने ग्यासको मूल्य बढ्यो, अब कति पुग्यो ? २७ फागुन, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ ।

भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।
अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताए ।
अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ ।

पट्रोल र डिजेलमा यथावत
पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । ‘उपभोक्तालाई राहत दिनकै लागि तेलमा मुल्य बढाइएको छैन’ पोखरेलले भने ।
तेलमा भएको नोक्सानका कारण निगगमलाई अहिले मासिक झण्डै ४० करोड घाटा छ ।

 डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेको निगमलाई पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा छ ।
भोलि पनि तेल वितरण
यसैबीच निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न शनिबार पनि थानकोट डिपो खोल्ने भएको छ ।
प्रवक्ता पोखरेलले शनिबार पनि डिपो खोलेर तेल वितरण गर्ने बताए ।

तराई क्षत्रेमा उत्पन्न समस्या कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा पम्पहरुमा लामो लाइन देखिएको छ । त्यसै कारण तेलको माग दोब्बर भ्एको छ ।
त्यसलाई सम्बाधेन गर्न शनिबार पनि पम्पहरुमा तेल पठाउन लागिएको निगमले जानकारी दिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment