फागुन २७, रुकुम। नेकपा एमालेका जिल्ला कमिटि सचिबालय सदस्य सुरजकुमार परियार ३२ महिनापछि जिल्ला कारागारवाट मुक्त भएका छन्। २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावका बेला वाइसिएल र एमाले कार्यकर्ताको झडपमा स्थानीय नेत्र केसीको मृत्यु भएपछि उनलाई हत्याको आरोपमा कारागार चलान गरिएको थियो।
जिल्ला अदालतले समेत उनलाई दोषी ठहर गर्दै ५ वर्षका लागि कारागार चलान गरेको थियो।
हाल उच्च अदालत तुल्सीपुरले उनलाई सफाइको फैसला सुनाएको छ। हत्यामा संलग्न ठहर भएको भए उनी पाँच वर्ष जेल जीवन बिताउनु पर्ने थियो। आफू दोषी नहुँदा दोषी सरह जेलजीवन बस्नु पर्दा निकै पीडा भएको उनको भनाइ छ। आधा समय त जेलमै बसेका उनी भन्छन् कानुन फितलो हुँदा अनाहकै आफू जेलबस्नु परेको बताए।
ढिलै भएपनि आफूले न्याय पाएकोमा खुशी बनेका उनी जेलजीवन बिताइसकेपछिको न्यायले न्यायको उदांगो रुप देखाएको आरोप लगाए। यहाँ सानालाई नियम र ठूलालाई पुरस्कृत गरिँदो रहेछ उनले भने, ‘त्यो हत्या काण्डमा आफू संलग्न नभएको बताए।’
त्यतिबेला आफू चुनावी प्रचार प्रसारमा भएको बताउँदै सुरजले भने, ‘त्यो मलाई फसाउने खेल थियो।’ झुठ्ठो कहिलै सत्य हुदैन् भन्ने प्रमाण समेत आफु भएको उनको भनाइ छ।
घेत्मामा एमालेको राम्रो पकेट क्षेत्र भएको र माओवादीहरु मलाई कमजोर गराएर आफुले फाइदा लिन खोजेको उनको आरोप छ । उनी घेत्माका जुझारु र सशक्त नेता हुन् । प्रेस चौतारी रुकुमका संस्थापक अध्यक्ष समेत भएका सुरज यो उनको पहिलो जेल जीवन हो । उनी संगै अन्य पाँच जना पनि यो घटनामा संलग्न भएको मुद्दामा उल्लेख थियो । अन्य चार जना अहिले फरार छन् ।
२०७० मंसिर २ गते राति भएको झडपमा नेत्र केसीको मृत्यु भएको थियो।
उनलाई उपचारका लागि काठमाडौं लिइएको थियो। उपचारका क्रममा उनको काठमाडौंमै मृत्यु भएको थियो। केसीका परिवारले भने हत्यामा संलग्न भएकालाई पत्ता लगाई कानुनी कारवाही गर्नु पर्ने बताएका छन्।
जिल्ला अदालतले उनीविरुद्ध फैसला कहिलेकसो उच्च अदालतले सफाइ दिनु सफाइ दिन सक्ने कानुन व्यवसायीहरु बताउँछन्। यहीलाई लिएर कानुन फितलो भयो भन्न नमिल्ने उनीहरुको भनाइ छ ।
कसैलाई आरोप लगाई आफू निर्दाेष बन्न खोज्नु मुर्खता भएको नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष ठकेन्द्र प्रकाश पुरीले बताए।
निर्दाेष व्यक्तिलाई फसाई माओवादी आफू उम्कन खोजेको उनको आरोप छ। घेत्मा क्षेत्र नं. २ मा पर्दछ ।
त्यतिबेला एमालेका ठकेन्द्रप्रकाश पुरी र माओवादीका जनार्दन शर्मा सांसद्का उम्मेदवार थिए ।
चुनाव प्रचार प्रसारका क्रममा उनीहरुको झडप भएको बताइएको छ ।
यो घटनाले आफ्नो राजनीतिक जीवनमा अझ उर्जा थपेको उनको भनाइ छ। आफू निर्दाेष व्यक्ति जेल जीवन बिताउन बाध्य भएको भन्दै उनले आफू जस्तै अन्य निर्दाेष व्यक्तिहरु कारागार बस्न वाध्य भएको बताए।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment