Thursday, March 2, 2017

गृहमन्त्रीलाई ओलीको चेतावनी, उद्दण्डता एमालेलाई स्वीकार्य छैन


 एमाले अध्यक्ष केपी ओलीले पार्टीको मेची–महाकाली अभियान बिथोल्ने प्रयास भए सह्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबारबाट सञ्चालन हुन लागेको तराई राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन बुधबार पार्टीद्वारा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो चेतावनी दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘हामीले अप्रिय घटना भए जिम्मेवारी लिनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ, त्यसलाई लाइट्ली ९हल्का० नलिनु होला,’ ओलीले भने, ‘हामी कसैका ¥याली, सभा बिथोल्ने असंवैधानिक र अलोकतान्त्रिक काम गर्दैर्नौँ, त्यो उद्दण्ड व्यवहार एमालेलाई स्वीकार्य हुनेछैन ।’

एमालेले अध्यक्ष ओलीसहित शीर्ष र केन्द्रीय नेताहरूको सहभागितामा ५ चैतसम्म ठूलो जनसमूह उतार्ने गरी झापादेखि कञ्चनपुरसम्म जागरण अभियान चलाउँदै छ । केही दिनअघि गृहमन्त्री विमलेन्द्र निधिले एमाले तराई आए प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले कडा चेतावनी दिएका हुन् ।

हल्का व्यवहार नदेखाउनुस् गृहमन्त्रीजी

म गृहमन्त्रीलाई सम्झाउन चाहन्छु– गृहमन्त्री कुनै दल या भूगोलविशेषको होइन, एमाले उहाँलाई मनपर्छ या पर्दैन, बेग्लै कुरा हो, एमाले भवितव्य आइपरेर बनेको पार्टी होइन, संवैधानिक हैसियतसहित उपस्थित छ । उहाँको कर्तव्य देशमा शान्ति–सुव्यवस्था कायम गर्ने हो, भ्रम फिँजाउने होइन ।

कुनै अप्रिय घटना भए जवाफदेही हुनुपर्ने वक्तव्य जारी गरिसकेका छौँ । यसलाई लाइट्ली ९हल्का० नलिनुस्, गृहमन्त्रीजी । हामीले धेरै गृहमन्त्री देखेका छौँ ।

कसैका पनि सभा, र्‍याली हामी बिथोल्दैनौँ, त्यसो गर्नु असंवैधानिक र उद्दण्ड व्यवहार हुन्छ, त्यसलाई एमालेले स्वीकार गर्दैन । एमालेलाई लखेट, आउन नदेऊजस्ता कुराहरू पनि आएका छन्, हतार नगरौँ, चुनावमै भेटौँला । किन दन्तबजान गर्नु रु वक्तृत्वकलामा जित्नुछैन एमालेलाई, चुनावमै भेटौँला ।
मुनिको भिडियो पनि हेर्नुहोश

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment