फागुन १९ | निकै विवादास्पद हत्याकाण्डमा बनेको फिल्म ‘डार्क चकलेट’ मा शीना वोराको भूमिका निभाइसकेकी रिया सेनले केहि दिन पहिले एक सानो फिल्ममा समलिङ्गीको भूमिकामा देखिएकी थिइन् । एक अन्तर्वार्ताको क्रममा रियाले आफू निकै सेक्सी भएकाले महिला पनि उनको नजिक आउन चाहेको बताएकी थिइन् । केही दिन अघि एक रेष्टुरेन्टमा रियासँग एक अचम्मको घटना भयो ।
केहि दिन अघि रिया सेना मुम्बईको अन्धेरी इलाकामा रहेको एक रेष्टुरेन्टमा पुगेकी थिइन् । यो रेष्टुरेन्टमा एक चर्चित नटी ककटेल ‘सेक्स अन द बीच’ हो जसलाई पाहुनाको अनुरोधमा बनाइन्छ । यद्यपी, रियालाई ककटेल ड्रिङ्क्स पिउनु थिएन । वास्तवमा उनलाई अण्डाबाट बनेको केही खाना खान मन थियो । रोचक कुरा के छ भने रेष्टुरेन्टले पनि उनलाई ‘एग्स अन द बीच’ को अफर दियो । यद्यपी, यतिबेला रिया निकै थाकेकी थिइन् र आफ्ना पार्टनरसँग मेन्यूबारे कुरा गरिरहेकी थिइन् ।
त्यतिबेला वेटरले रियालाई अर्डरका लागि सोधे । यसको उत्तर दिँदै रियाले अचानक भनिन्, ‘Could I have some SEX please’ । रियाको यस्तो अर्डर सुनेर वेटर रातो पिरो भए । पछि रियालाई पनि आफूले केही गल्ती बोलेको महसुस भयो र आफ्नो गल्ती सुधार गर्दै उनले भनिन्, ‘ Could I have some eggs please?’ । यद्यपी, यो क्रममा वेटर हाँसेनन् तर रिया भने निकै ठूलो स्वरमा हाँसिन् ।
भाइरल एमएमएस काण्डले भएको थियो बदनामीः
रिया सेन सेक्स स्क्यान्डलमा पनि फसिसकेकी छिन् । अस्मित पटेलसँगको उनको एमएमएस निकै भाइरल भएको थियो । दुबैको यो एमएमएस उनीहरुका फिल्म ‘सिलसिले’ को रिलिज हुनुभन्दा केही दिन अघि सार्वजनिक भएको थियो जसलाई दुबैले फिल्मको हिस्सा बताएर टाल्न खोजेका थिए । तर यो एमएमएसले यी दुबैको ठूलो बदनामी भएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment