Wednesday, March 15, 2017

अम्बाका कैयौँ फाइदा ! जस्को सेवनबाट भाग्छन् रोग टाढा – टाढा



गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । सिजनमा बाहेक बेसजिनमा समेत अम्बा शहरी क्षेत्रमा पाइन्छ । जसका कैयौँ फाइदा छन् ।
अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ : अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।
गर्भवती महिलाहरुका लागी अति उत्तम : फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।


आँखाको लागी पनि लाभदायक : गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।
सुगरका बिरामीका लागी रामबाण : चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment