केही व्यक्तिको गर्मीमा नाकबाट रगत आउने समस्या हुन्छ । नाकबाट रगत आउनु केही कारणहरु छन्, जसको निवारण गर्नु आवश्यक छ । नाकबाट रगत आउनुको कारण एलर्जी, इन्फेक्शन, बारम्बार खोकी लाग्नु, अक्सिजनको कमी भएको निकै अग्लो स्थानमा जानु लगायत रहेका छन् । यस्तै सुख्खा मौसमका कारण पनि नाकबाट रगत आउँछ । यसबाट आत्तिनु पर्ने कारण छैन किन की यसको प्रभावकारी उपाय छ । नाकबाट रगत आउने अवस्थालाई रोक्नका लागि कुनै पनि बस्तु वा नङ्गले नाक नकोट्याउने, चुरोट तथा धुमपानजन्य बस्तुको सेवन नगर्ने तथा प्रशस्त पानी पिउनु आवश्यक छ ।
यसको अलवा यी घरेलु उपाय अपनाउँदा राम्रो हुन्छ :
1. मुलायम सुतीको कपडाले नाक थुन्ने जसले तुरुन्त रगत रोक्छ ।
2. हरियो पत्तादार शब्जी खानु आवश्यक छ । यसमा हुने भिटामिनले रगत रोक्ने काम गर्छ ।
3. आँटावाला रोटी तथा पाउरोटी खाँदा पनि फाइदाजनक हुन्छ ।
4. भिटामिन सी युक्त चिजहरु खाने जसले रक्तनलीलाई सुरक्षित राख्ने काम गर्छ । गर्मीमा यी चिजहरु खानु अति आवश्यक छ ।
5. बरफका केही टुक्रा नाकमा राख्दा पनि बगिरहेको रगत रोकिन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment