• हरियो तरकारी : दैनिक रुपमा हाम्रो भान्छामा पाक्ने तरकारीमा हरियो सागसब्जी अनिवार्य पार्नुहोस् । प्याज, मेथी, रोयो, तोरी बन्दागोभी, काउलीजस्ता पत्तेदार सागसब्जीहरु खानु हाडका लागि उत्तम हुन्छ । पालकको एक कचौरा सागले २५ प्रतिशत क्याल्सियमको कमी पूरा गर्दछ ।
• अण्डा : अण्डामा पनि भरपुर मात्रामा प्रोटिन र भिटामिन डी पाईन्छ । अण्डाको पहेंलो भागले मानव शरीरका लागि आवश्यक ६ प्रतिशत भिटामिन डीको कमी पूरा गर्दछ । • माछा : सैमन र सार्डिन माछामा भरभूर क्याल्सियम हुन्छ । सैमन माछाबाट भिटामिन डी पाईन्छ । यसमा ओमेगा ३ एसिड पनि हुन्छ, जसले हाडलाई बलियो बनाउँछ ।
• बदाम : विभिन्न किसिमका बदामहरुमा पोटासियम पाइन्छ, जसले पिसाबको माध्यमबाट क्याल्सियमको कमीलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ओखरमा ओमेगा ३ र फ्याटी एसिड पाइन्छ, जसले हाडलाई मजबुत बनाउन सघाउँछ ।
• सुन्तला : सुन्तलामा मुख्यरुपमा भिटामिन सि पाइन्छ । यसले हड्डीलाई अझ बलियो बनाउन सहयोग गर्दछ । भिटामिन सी क्याल्सियमको अवशोषणमा महत्वपूर्ण भूमिका हुन्छ ।
• केरा : केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम हुन्छ । यी पोषक तत्वले हाडलाई बलियो बनाउन मद्दत गर्दछ । • आलुपखाडा : अस्टियोपोरोसिसबाट पीडित महिलाहरुका लागि आलुपखाडा धेरै महत्वपूर्ण हुन्छ । यसमा इनुलीन नाम गरेको फाइबर हुन्छ, जसले शरीरमा क्याल्सियमको अवशोषणमा मद्दत गर्दछ र हड्डीलाई बलियो बनाउन सहयोग गर्दछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment