Thursday, March 9, 2017

बाबुराम भट्टराईलाई ओलीको दनक – ‘काँधमा बोकेको कुकुरले मृग मार्दैन


 काठमाडौँ - काठमाडौँमा बिहिबार एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन सुझाव दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘वैशाख ३१ मा निर्वाचन गर्न सक्नुहुन्न भने राजिनामा दिनुहोस् । हुनखोज्ने प्रधानमन्त्रीजीलाई पनि म भन्न चाहन्छु, निर्वाचन गर्न सक्नुहुन्न भने तपाईँपनि प्रधानमन्त्री नबन्नुहोस् । लोकतन्त्र भनेको हुलियातन्त्र होइन । कसैबाट निर्देशित संविधान संशोधनको एजेण्डा बोकेर सरकारमा रहनुको कुनै औचित्य छैन ।’ ओलीले भने ।

आफ्नो सम्वोधनका क्रममा डाक्टर बाबुराम भट्टराईलाई पनि दानक दिए ओलीले । भट्टराइप्रति कटाक्ष गर्दै उनले भने, ‘एक जना डाक्टर उपाधीवालाले एमालेरहित पार्टी बनाउने उर्दी जारी गरेछन् । विचरा विचारका पुराना नामका नयाँ डाक्टरको मलाई मायाँ लागेर आयो । काँधमा बोकेको कुकुरले मृग मार्दैन भनेको यही हो ।’<

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment