विहिबार विहान पुनर्वासको आनन्दबजारमा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । घटनाको विरोधमा आज साँझ एमालेनिकट युवा संघ नेपालले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
जुलुशमा ‘भारतीय विस्तारवाद मुर्दावाद, हस्तक्षेप बन्द गर, हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो । युवा संघका केन्द्रीय सचिव अशोक चन्दका अनुसार घटनाको विरोधमा महेन्द्रनगरमा एक घण्टा चक्काजाम समेत गरिएको छ ।
यसैबीच घटनाको विरोधमा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले विरोध प्रदर्शन गरेको छ ।
यता प्रहरीले युवा संघको जुलुश प्रदर्शनमा भारतीय नम्बरको मोटरसाइकल र गाडीमा तोडफोड भएको जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment