Sunday, March 5, 2017

ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी नयाँ आदेश जारी गर्ने


  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी संशोधित कार्यकारी आदेश ल्याउने भएका छन् । आदेशअन्तर्गत मध्यपूर्व र अफ्रिकाका केही देशका नागरिकलाई अमेरिका आउनबाट प्रतिबन्ध लगाइनेछ ।

यसअघि माघ १४ गते ट्रम्पले सातवटा मुस्लिमबहुल देशका मानिसहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए । पछि यसको विरोध भएर अदालतले रोक लगाएपछि आदेश फिर्ता लिइएको थियो । त्यो सूचीबाट इराकको नाम भने हटाइएको थियो ।

खबरहरूका अनुसार संशोधित प्रतिबन्धमा के कस्ता परिवर्तन भएका छन् भन्ने निश्चित भएको छैन ।

सोमवारसम्ममा ट्रम्पले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

आइएसआइएस नामक आतंकवादी संगठनसँग लड्न सहज होस् भनेर इराकको नाम प्रतिबन्धित देशको सूचीबाट हटाइएको थियो ।

त्यस अवधिमा अमेरिकाको विदेश विभागले ६० हजार वैध प्रवेशाज्ञा रद्द गरेको थियो । तर वाशिङटनका फेडरल न्यायाधीशले भिसा प्रतिबन्ध हटाउन लगाएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment