Sunday, March 5, 2017

‘मलाई छोरीको खुट्टा भाँच्न मन थियो’, किन भने सञ्जय दत्तले यस्तो ?


 बलिउड अभिनेता सञ्जय दत्तले आफ्नी छोरी त्रिशालालाई ग्ल्यामरको संसारमा कहिल्यै ल्याउन चाहेनन् । बलिउडमा टिक्न गाह्रो हुने भएकाले उनले छोरी यहाँ नआओस् भन्ने चाहेका हुन् ।
छोरी त्रिशालाले अभिनेत्री बन्ने चाहना राख्दा आफूलाई उनको खुट्टा भाँचिदिन मन लागेको सञ्जयले बताए ।

सञ्जयलाई आफ्नी छोरी त्रिशाला र पर्दामा उनकी छोरी बनेकी अदिति राव हैदरीका बीचमा समानताको विषयमा प्रश्न गर्दा उनले भने, ‘त्रिशाला अभिनेत्री बन्न चाहन्थिन् अनि म चाहिँ उनको खुट्टा भाँच्न चाहन्थें । फिल्म ‘भूमि’मा त म यसो गर्दिनँ ।’

उनका अनुसार अमेरिकामा त्रिशालालाई कलेजमा पढाइ गराउनका लागि धेरै समय र ऊर्जा खर्च गरेको बताए अनि छोरीले राम्रो गरिरहेको थपे । उनले भने, ‘सबभन्दा पहिले त मैले उनलाई क्रिमिनल कलेज अफ जस्टिसमा भर्ना गराउनका लागि धेरै कोशिश गरें । उसले फोरेन्सिक साइन्समा डिग्री गरेकी छ । अहिले ऊ एफबीआईमा काम गरिरहेकी छ र पेशन डिजाइनिङ पनि पढिरहेकी छ ।’

सञ्जय भन्छन्, ‘कलाकार बन्नु त्यति सजिलो छैन । हेर्दा त यसको चमकधमक गजबको छ तर यो मुश्किल काम हो ।’

सञ्जय हाल उमंग कुमारको निर्देशनमा ‘भूमि’ फिल्मको शूटिङ गरिरहेका छन् । बाउ छोरीको नाताका बारेमा यो फिल्म बनेको हो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment