Thursday, March 16, 2017

क- कस्को शासनकालमा बेचियो देश ? ( हेर्नुस नामावलीसहित )


२००७ साल मा जब प्रजातन्त्र आयो तब देखि नेपाल विभिन्न नाम मा बेचिएको छ । जब जब नेता हरु प्रजातन्त्र को नाम लिदै सत्ता को कुर्सि बस्छन तब तब अनेकौ बहाना मा नेपाल माथि असमान सन्धि थुपारेर देश प्रति घात गरेका छन् । आफ्ने सत्ता टिकाउन को लागि मात्र हाम्रो देश का नेता हरु देश बेची रहे । सत्ता टिकाउनैका निम्ति २०४८ सालमा भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए । सत्ता टिकाउन र सत्तामा बसिरहने उद्देश्यले नेपाली काङ्ग्रेस र एमालेले २०५३ साल असोज ४ गते महाकाली सन्धिलाई नेपालको संसदबाटै अनुमोदन गरिदिएका थिए ।


१-कोशी सम्झौता, ( स्व .मातृका प्र. कोईराला )

२-गण्डक सम्झौता, ( स्व. वि पि कोईराला )

३-कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने सम्झौता, ( स्व. वि पि कोईराला)

४-शान्ति, सेना र हातहतियार सम्बन्धी सम्झौता, ( स्व. वि पि कोईराला)

५-टनकपुर, महाकाली सन्धि (गिरिजा प्र कोइराला + केपी शर्मा ओली +माधव कुमार नेपाल+ शेर बहादुर देउवा)

६-माथिल्लो कर्णाली ( स्व. गिरिजा प्र. कोईराला + सुसिल कोईराला )

७- पश्चिम सेति ( स्व. गिरिजा प्र. कोईराला ) 

८-अरुण-३ ( स्व. गिरिजा प्र. कोईराला + सुसिल कोईराला सरकार )

२०६२ मङ्सिर ७ गते भारतकै मध्यस्थतामा १२ बुँदे समझदारी भएको थियो भने त्यही सहमती बाट भएको जनआन्दोलन -२ बाट प्राप्त ६२/६३ को सरकारको सत्ता को दुरुपयोग गर्दै गिरिजा प्रसाद कोईरालाले मर्नु भन्दा अगाडी पश्चिम सेती, अरुण- ३ र माथिल्लो कर्णाली जस्तो सबै भन्दा घातक सन्धि भारत संग गरिदिए जुन सन्धि अनुसार ति नदिनालामा अब देखि कुनै पनि किसिमको अधिकार हुनेछैन । अहिले पनि भारतले नेपाल डुबान मा पर्ने गरि पश्चिम को महाकाली देखी पुर्वको मेचि नदि सम्म २० बटा भन्दा बढि बाधा अन्तराष्ट्रिय नियम बिपरीत नेपाल को स्विकृती नलिई बनाई सकेको छ भने नेपाल को तराई को ठुलो भु-भाग डुवानमा पर्ने निश्चित छ ।

टनकपुर संन्धि देशघाति सन्धि भएको भन्दै अन्तराष्ट्रिय रुप मा मुद्दा हाल्ने तरखरमा रहेको बेला मदनभण्डारी को २०५० जेठ ३ मा हत्या भयो । मदन भण्डारीको मृत्यु पछि एमाले महासचिवको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधव कुमार नेपालले भारत भ्रमण बाट पर्के पछि केपी ओलीको भरपुर साथमा सबैलाई आश्चर्य चकित पार्दै महाकाली सन्धिको मुद्दामा प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको पार्टि ले पनि संसदमा महाकालि सन्धिको पक्षमा उभिएर अनुमोदन गरेको थियो ।

नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदै फाइदा हुन्छ भन्दै ढाँटेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरिएको थियो महाकालि सन्धि । यो सन्धिको त्यतिबेला हजारौं लाखौं जनताद्वारा बिरोध गर्दागर्दै जबर्जस्ति गरिएको थियो । त्यो सन्धि त्यतिबेलाको सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विशेषत ओली र माधव कुमार नेपाल मिलेर भारतलाई सुम्पेका थिए । त्यहि सन्धि गर्दा बोराका बोरा भारतिय शासकहरुबाट पैसा लिएर राष्ट्रघातीले महाकाली बेचे, त्यस्ता देशघातीसँग बस्न सकिँदैन भन्दै नेकपा (एमाले) फुटेको थियो । महाकाली सन्धिमा हस्ताक्षर नगर्नेहरुको नेत्रित्व वामदेव गौतमले गरेका थिए जसमा सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरुले नेकपा माले गठन गरे । पछि वामदेव लगायतका मालेका धेरै त्यहि “राष्ट्रघाती”हरु समक्ष फर्किएपनि सीली मैनाली लगायतका नेताहरु अझै मालेमै छन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment