काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे नेपाली कांग्रेससंग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विहान झण्डै साढे २ घण्टा छलफल भएको हो ।
स्थानीय निर्वाचन घोषणापछिको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको छ ।
दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका नेतासमेतको उपस्थितिमा उहाँले पछिल्लो राजनीतिक अवस्था र त्यसको निकासबारे परामर्श गर्नुभएको हो । छलफलमा कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोईराला, अमरेशकुमार सिंह, माओवादी केन्द्रका प्रभु साह, मातृका यादव लगायत नेताको उपस्थिति थियो ।
संविधान संशोधन विधेयक पारित नहुने संकेत पाएपछि मधेसी मोर्चाआवद्ध दलका नेताहरु रणनीति बनाउन व्यसत रहेको समयमा प्रधानमन्त्री दाहालले छलफल थाल्नु भएको हो । बैठकमा संविधान संशोधन विधेयक पारित गर्दै मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने विकल्पबारे कुराकानी भएको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment