Sunday, March 5, 2017

मेलम्चीको पानी चक्रपथ बाहिर पनि वितरण गरिने


 काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ ।

सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् ।

उहाँले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११।७ करोड लिटर मात्र रहेको बताए ।

यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उनले चर्चा गरे । त्यस्तै, सुक्खा मौसममा २१ वटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उनले उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दसैँको उपहारको रुपमा काठमाडौँमा वितरण गर्ने बताए ।

सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उनले बताए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका सचिव मिलनकुमार शाक्य, महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी, लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतलगायतका वक्ताले पनि बोलेको थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment