Sunday, March 5, 2017

एमालेको मेची-महाकाली अभियानः इटहरीमा उर्लियो जनसागर


 नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार इटहरीमा ठूलो जनसभा भएको छ । शनिबार झापाको दमकमा बिश्राम गरेको अभियान आज बिहान मोरङको उर्लाबारी पुगी दोस्रो दिनको पहिलो आमसभा सम्पन्न भएको थियो ।

र्यालीसहित उर्लाबारीबाट अभियान पथरी पुग्दा स्थानिय नगर कमिटीको अनुरोधमा आमसभामा परिणत भयो । उक्त सभालाई एमाले नेता शंकर पोखरेलले संबोधन गर्दै स्थानिय जनता र पार्टी कमिटीलाई उत्साहजनक सहभागिताका लागि धन्यबाद दिए ।

त्यसपछि कार्यक्रम कानेपोखरी हुदै बिराटचौक पुगी बिशाल आमसभामा परिणत भयो । बिराटचौकको सभामा पहिलो दिन भन्दा ठूलो उपस्थिती रहेको अभियानमा सहभागी एमाले नेता शंकर पोखरेलले बताए । त्यसपछि र्याली सहित अभियान दिउसो करिव तीन बजे सुनसरीको इटहरी प्रवेश गर्यो ।

बिराटचोकबाट र्याली अघि बढेपछि बाटोमा पर्ने गोठगाँउ, सुकुना, गछिया लगायतका बजारमा ठूलो संख्यामा उपस्थित जनसमुदायले एमाले समर्थित नारा लगाउँदै सडकको दुबै किनारामा उभिएर अभियानलाई हौस्याएका थिए ।

इटहरीको कार्यक्रमलाई एमाले बरिष्ठ नेता माधव नेपालले सम्बोधन गरे । यसअघि विराटचोकको कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गरेका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment