Tuesday, March 7, 2017

सरकारलाई दिएको समर्थन फिर्ता नदिने गठबन्धनको निर्णय


काठमाडौं। सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ।

गठबन्धनको मंगलबार बसेको बैठकले सरकारलाई सातदिनको अल्टिमेटम दिने निर्णयसमेत गरेको छ। एमालेको मेची महाकाली अभियानका क्रममा सोमबार सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्युपछि संघीय गठबन्धनको बैठक बसेको थियो।

बैठकले घटनाप्रति आपत्ति जनाउँदै बैठकले सरकारलाई सात दिनको अल्टिमेटम दिने निर्णय गरेको गठबन्धनका नेता केशव झाले जानकारी दिए। सप्तरीको घटनापछि सोमबार राति बसेको मधेसी मोर्चाको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको थियो। बैठकले आफूहरुका माग सम्बोधन गर्न भन्दै सरकारलाई सात दिने अल्टिमेटम दिने निर्णय गरेको हो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment