Tuesday, March 7, 2017

नारी दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो ।

योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम हुने योजना अन्तर्गत फेसबुक प्याकेजमा २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment