Monday, March 13, 2017

भुवन केसी प्रहरी फन्दामा, चार घण्टापछि छुटे

काठमाडौं । नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् ।

आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी सोमबार अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । प्रहरीले बोलाएपछि उनी आजै काठमाडौं आएका थिए ।

दिउसो प्रहरी कार्यालयमा पुगेका उनलाई उजुरीकर्ता पक्षसंग कागज गरेर अबेर साँझ मात्रै छाडिएको प्रहरी स्रोतले जनायो । उनविरुद्ध उजुरी गर्ने फिल्मकैसह निर्माता कृष्ण पाण्डे हुन् । अमेरिकामा बसोबास गर्ने पाण्डेले नायक भुवन केसीले चलचित्र निर्माणपछि हर हिसाब नबताएको तथा आफुले पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क गर्न नचाहेकाले बाध्य भएर प्रहरीमा उजुरी गर्नु परेको बताएका छन् ।

प्रहरीमा उजुरी परेपछि नायक केसीले गल्ति स्वीकार गर्दै कागज गर्न राजी भएपछि उनलाई छोडिएको प्रहरी स्रोतले बताएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment