तर, उनले अहिलेसम्म आमिर खानसँग भने काम गरेका छैनन् ।
आमिर निकै कम फिल्ममा काम गर्छन् । जसकारण अहिलेसम्म उनका कुनैपनि फिल्ममा अमिताभलाई रोल मिलेको छैन । अमिताभ र आमिरका फ्यानहरु अनीहरुसँगै काम गरेको देख्न चाहान्छन् । तर यो संयोग अब मिल्दैछ ।
विजयकृष्ण आचार्यको निर्देशनमा बन्न लागेको ठग्स अफ हिन्दुस्तान फिल्ममा अमिताभ आमिरको बाबुको भूमिकामा देखिने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो फिल्ममा अमिताभ र आमिरको रोल निकै सशक्त रहेको बताइन्छ ।
यो फिल्ममा पहिला ऋतिक रोशन थिए । ऋतिकले धेरैपल्ट स्कृप्ट परिवर्तन पनि गराए । तर, निर्देशकले उनको चित्त बुझाउन सकेनन् ।
जब यो स्कृप्ट आमिरले पढे, उनी फिल्म गर्न तरुन्तै राजी भए ।
आमिर अमिताभसँग फिल्म खेल्ने आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गर्छन् ।
आमिरलाई कहिले अमिताभसँग फिल्म खेल्न पाऊँला भन्ने लाग्थ्यो रे ।
अब भने आफ्नो सपना पूरा हुन लागेको आमिरले बताएका छन् । आमिर हरेका दिपावलीमा अमिताभको घर जाने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment