“ नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वानको भ्रमण महत्वपूर्ण मानिएको छ ।
चीनको महत्वकांक्षी परियोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर), सिल्क रोड र सैनिक सहयोग विस्तारका लागि क्षेत्रीय सुरक्षा रणनीतिक योजनाअनुसार १९ सदस्यीय टोलीको नेतृत्व गर्दै क्वान चैत १० मा काठमाडौं आउनेछन् ।
रक्षा मन्त्रालयले क्वानको मर्यादाक्रमअनुसारको सुरक्षा प्रबन्ध मिलाउन सोमबारै पत्र लेखेर गृह मन्त्रालयलाई आग्रह गरिसकेको छ ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वानको भ्रमण महत्वपूर्ण मानिएको छ ।
नेपाल र चीनका सेनाले गर्ने संयुक्त अभ्यासमा सहभागी नभए पनि क्वानले अभ्यासको तालिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
यस्तै, गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा तय भएका अजेन्डाका विषयमा समेत क्वानसँग छलफल हुनेछ । यस्तै, चीनले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगका विषयमा समेत छलफल हुने कार्यक्रम छ ।
रक्षामन्त्री बालकृष्ण खाँडले चिनियाँ समकक्षी सद्भावना भ्रमणमा आउन लागेको बताए । भ्रमणक्रममा विविध विषयमा छलफल र सम्झौताको सम्भावना रहे पनि पूर्वयोजना र अजेन्डा तय नभएको बताए ।
उनले भने, ‘सद्भावना भ्रमणका लागि आउन लाग्नुभएको हो, आएपछि केही विषयमा छलफल र सम्झौता हुन सक्छ, हालसम्म कुनै अजेन्डा तय भएको छैन ।
चीनका महत्वाकांक्षी दुवै परियोजनाका लागि नेपालको लिखित समर्थन आवश्यक रहे पनि परियोजनाअन्तर्गत क्षेत्रीय सुरक्षाका विषयमा भारतले चासो राख्दै आएको छ । भारतले चीनका दुवै परियोजनाका लागि भारतीय सेनाका पूर्व जनरल अशोक मेहतालाई अघोषित दूतका रुपमा प्रयोग गर्न थालेपछि चिनियाँ पक्षले क्षेत्रीय सुरक्षाका सवालमा एसिया प्रशान्तमा रहेका देशसँग उच्च तहका नेता तथा पदाधिकारीमार्फत ‘वन टु वन’ वार्ताको रणनीति बनाएको हो ।
यसका लागि पछिल्लो केही महिनायता चीनका उच्च सैनिक अधिकारीले नेपाल भ्रमण गरिसकेका छन् । हाल आउन लागेका नेता चीनको रणनीतिक योजनामा उठेको क्षेत्रीय सुरक्षा सवाललाई अन्तिम सम्बोधन गर्न एसिया प्रशान्त क्षेत्रका देशको भ्रमणमा निस्किएका हुन् ।
रक्षा सचिव श्रीधर सापकोटाले रक्षामन्त्री खाँडको निमन्त्रणामा क्वान नेपाल भ्रमणमा आउन लागेको बताए । उनले तीन दिनको भ्रमणमा क्वानले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटवार्ता गर्नेछन् ।
]
क्वानले नेपाली सेनाका उपत्यकास्थित युनिट र संयुक्त अभ्यासका विषयमा जानकारी लिनेछन् । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र अन्य राजनीतिक दलका अध्यक्षसँग पनि क्वानले भेटवार्ता गर्न सक्ने सम्भावना छ ।
रक्षा प्रवक्ता सहसचिव उत्तमप्रसाद नागिलाले भ्रमण कार्यक्रम तय भएको बताउँदै अजेन्डाका विषयमा मन्त्रालयमा कुनै गृहकार्य नभएको बताए । उनले रक्षा मन्त्रालय र चिनियाँ रक्षा मन्त्रालयबीच विभिन्न समयमा हस्ताक्षर भएर बाँकी रहेका लेनदेनका विषयमा समेत भ्रमणमा छलफल केन्द्रित हुन सक्ने बताए । उनले चीनका उच्च तहका नेताको भ्रमण भएका कारण छलफलमै धेरै विषयमा हस्ताक्षर हुन सक्ने बताए ।
जंगीअड्डा उच्चस्रोतका अनुसार नेपाल, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्किएका क्वानले सैनिक संयुक्त अभ्यासबाहेक संयुक्त राष्ट्र संघ शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन आवश्यक बन्दोबस्तीका सामग्री सहयोग गर्ने सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।
विपत व्यवस्थापन र क्षेत्रीय आतंकवादविरुद्धको विश्वव्यापी अभियानमा नेपाली सुरक्षा निकायलाई आवश्यक साधनस्रोतमा समेत चीनले सहयोग गर्ने सम्भावना छ ।
‘विश्व शक्तिराष्ट्रका रुपमा उदीयमान चीनले आफ्ना महत्वाकांक्षी योजनामा नेपालको सहयोग र महŒव बुझेको छ, यसैका लागि पछिल्लो समय भ्रमण बाक्लिएको बुझ्न कठिन छैन, असल छिमेकीको सम्बन्ध विस्तारमा हामी सधैँ तयार छौं’, सैनिक उच्च स्रोतले भन्यो ।
सैनिक प्रवक्ता उपरथी ताराबहादुर कार्कीले रक्षा मन्त्रालयको समन्वयमा हुन लागेको चिनियाँ रक्षामन्त्री क्वानको भ्रमणमा नेपाली सेनाले सरकारको निर्देशनअनुसार तयार तालिकामा सहकार्य गर्ने बताए । उनले उच्च तहका नेताको भ्रमण भएकाले नेपाली सेनाले मन्त्रालयको तालिकाअनुसार कार्य गर्ने बताए । ‘मन्त्रालयको समन्वयमा भ्रमण तय भएको छ, सेनाले निर्देशनअनुसार काम गर्नेछ’, कार्कीले भने ।
रक्षामन्त्री खाँडले असोज २३ देखि ३० सम्म गरेको चीन भ्रमणमा समकक्षी क्वानलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । क्वान चैत १२ मा भ्रमण सकेर नेपालबाट सोझै बंगलादेश जानेछन् । नागरिक न्यूज को सहयोगमा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment