Saturday, March 18, 2017

होमवर्क नगरेको भन्दै प्रिन्सिपलले छात्राहरूलाई निर्वस्त्र घुमाइन्

भारतको उत्तर प्रदेशको सोनभद्रमा भएको एक घटनाले गुरु र शिष्यको सम्बन्धलाई नै लज्जित तुल्याएको छ ।


त्यहाँको एक सरकारी स्कूलका प्रिन्सिपलले होमवर्क नगर्ने छात्राहरूलाई स्कर्ट खोल्न लगाइन् र स्कूल ग्राउन्डमा परेड गराइन् ।

यो घटना सार्वजनिक भएपछि अभिभावकहरू क्रुद्ध भएका छन् । अनि प्रिन्सिपलका विरुद्ध कारवाहीको माग उनीहरूले गरिरहेका छन् । प्रहरीले घटनामा अनुसन्धान गर्दैछ ।

कक्षा आठका छात्राहरूलाई संस्कृतको होमवर्क दिइएको थियो । अर्को दिन होमवर्क चेक गर्दा आठजना छात्राले नगरेको पाइयो ।

प्रिन्सिपलकहाँ यो कुरा पुगेपछि उनी रिसले भुतुक्क भइन् । अनि उनले छात्राहरूलाई स्कर्ट खोल्न लगाएर पहिला त मुर्गा बनाइन् अनि नांगै स्कूलको प्रांगण घुम्न लगाइन् ।

प्रिन्सिपलको रिस तैपनि थामिएन । उनले छात्राहरूलाई फोहोरी गाली पनि गरिन् अनि बेस्सरी लात्तै लात्ताले हिर्काइन् ।

छात्राहरूलाई दिइएको सजाय हेरिरहेका छात्रहरूले यसको भिडियो पनि बनाए ।

फेरि पनि होमवर्क नगरे भिडियो इन्टरनेटमा भाइरल बनाइदिने भनी प्रिन्सिपलले धम्की दिइन् ।

जिल्ला अधिकारीले यस विषयमा कारवाही अघि बढाउादै प्रिन्सिपललाई निलम्बित गरेका छन् र उनीमाथि विभागीय कारवाही चलाइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment