गलत व्यक्तिसँग सही भेट हुने घटनामध्ये विवाह पनि एक हो । विवाहित दम्पत्तिका बीचको बेमेललाई सम्झौताले सजिलो बनाउँछ । यही कारणले पारपाचुके हुने गर्छन् अनि आजकल पारपाचुकेका घटना बढ्दैछन् ।
अचम्मको कुरा त के भने बिहे गरेको पाँच वर्षभित्र पारपाचुके गर्ने जोडीभन्दा दशदेखि बीस वर्ष विवाहमा रहेका जोडीले पारपाचुके गरिरहेका छन् । बिहेको प्रस्ताव राख्दा केटा वा केटी दुवै पक्षले आफूलाई नै श्रेष्ठ ठान्छन् अनि अर्को पक्षलाई निकृष्ट । त्यसपछि नै झन्झट शुरु हुन्छ ।
बिहे भनेको दौडेर शुरु हुन्छ, हिँड्दै चल्छ अनि घस्रिँदै अन्त्य हुन्छ । एकअर्कासँग बस्नै नसकिने स्थिति भयो भने क्षमा र सहिष्णुताको कमी भयो भन्ने बुझ्नुपर्छ । पारपाचुके गरेपनि तपाईंको बानीबेहोरा बदलिएन भने अर्को विवाह पनि असफल नै हुन्छ । अलिकति झुक्न पनि जान्नुपर्छ ।
कस्तूरी मृग आफूभित्रको सुगन्ध थाहा नपाएर बाहिर खोज्दै हिँड्छ । दाम्पत्य जीवनमा पनि नारी र पुरुषले खोज्ने सन्तुष्टि उनीहरू आफूभित्रै हुन्छ । तर दुईजनाबीचको सम्बन्ध शारीरिक सन्तुष्टिमा मात्र टिकेमा एकअर्कासँग बढी नै अपेक्षा गर्न थालिन्छ र त्यो पूरा नभएपछि बाहिर भौंतारिन थालिन्छ । तृप्तिको स्वाद आफैंभित्र जगाएमा बाहिरी अतृप्तिले खासै फरक पार्दैन । यसो गर्न सकिएन भने चाहिँ मन्त्र पढेर, यज्ञ घुमेर अनि सद्भाव राखेर शुरु गरिुएको सम्बन्ध अदालत र वकिलको चक्करमा पुगेर टुंगिन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment