एमालेको मेची–महाकाली अभियान विथोल्ने अभिव्यक्ति दिएको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले त्यस्तो अभिव्यक्ति नदिएको जानकारी गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर गृहमन्त्री निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका हुन् । बिहिबार राति अध्यक्ष केपी ओलीलाई भेटेर गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको जानकारी गराए ।
एमालेले गएको मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची– महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा गृहमन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए ।
अध्यक्ष ओलीसँगको भेटमा मन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका छन् । सो क्रममा मन्त्री निधिले प्रदेशको सीमांकन हेरफेर सम्बन्धी एमालेका तर्फबाट ओली नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्दै ओलीसँग प्रश्न गरे ।
जवाफमा अध्यक्ष ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्ट पारे । भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment