Wednesday, March 15, 2017

गीत सुनिरहेको बेला हेडफोन पड्किँदा महिला घाइते....

मेलबर्न – विमानमा यात्रा गरिरहेकी एक महिलाले कानमा लगाएको हेडफोन पड्किएको छ ।
बेइजिङदेखि मेलबोर्नसम्मको यात्रा गरिरहेकी ती महिला कानमा हेडफोन लगाएर सुतिरहेकी थिइन् । त्यही बेला उनी ठूलो विस्फोटको अवाजले ब्युझेकी थिइन् ।

उनले हडफोन निकाल्दा त्यहाँ आगो झिल्काहरु आइरहेको र केही भागमा आगो लागेर पग्लिरहेको पाइन् ।
विस्फोटका कारण उनको अनुहार कालो हुनका साथै उनको हात समेत जलेको छ ।

नाम न खुलाएकी ती महिलाले अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोलाई विस्फोटको बेला आफूले गीत सुनिरहेको बताइन् ।
‘गीत सुनिरहेको बेला मलाई अनुहारमा तातो महसुस भयो ।
 हत्तनपत्त मैले हेडफोन निकालेर फाले । त्यसमा आगो लागिरहेको थियो,’ उनले भनिन् ।
विमानका कर्मचारीले पानी खनाएर आगो निभाएका थिए ।

कुन ब्राण्डको हेडफोन पड्किएको हो भनेर पनि खुलाइएको छैन । तर, त्यसमा प्रयोग हुने ब्याट्रीका कारण यस्तो भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

यसअघि, ग्यालेक्सिी नोट सेभेन पनि विस्फोट हुने समस्या देखिएको थियो ।
अस्ट्रेलियन अधिकारीहरुले विमानमा यात्रा गर्दा ब्याट्रीबाट चल्ने विद्युतीय समाग्रीहरु चलाउँदा ध्यान दिन आग्रह गरेको छ । एजेन्सी/रातोपाटी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment