अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाको नयाँ किताबका लागि पेन्गुइन यान्डम हाउसले साढे छ अर्ब रुपैयाँ दिने भएको छ।
र्यान्डम हाउसले मंगलबार ओबामा दम्पत्तिसँग किताबका लागि सम्झौता भएको बताएको छ। हाउसले किताब लेखेबापत् ओबामालाई दिने रकम बारे औपचारिक जानकारी नदिए पनि फाइनान्सियल टाइम्सले र्यान्डम हाउसले ओबामासँग साढे छ करोड डलर (साढे छ अर्ब रुपैयाँ) मा सम्झौता गरेको बताएको छ।
हाउसका प्रमुख कार्यकारी अधिकृत मार्कस डोलले ओबामा दम्पत्तिसँग किताबको सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन्।
ओबामा दम्पत्तिको किताबमा मूलतः ह्वाइट हाउससँग सम्बन्धित संस्मरण हुनेछन्। समाचार संस्था एसोसियट प्रेसले ओबामाको किताबमा उनको राष्ट्रपति कालको संस्मरण र मिसेलको किताब आफ्नै जीवनमा आधारित र युवाहरुका लागि प्रोत्साहनमूलक हुनेछ।
अमेरिकाका पूर्वराष्ट्रपतिको किताब छाप्न प्रतिष्पर्धा हुन्छ। ओबामाको किताबका लागि हार्पर कोलिन्स, सिमोन्स एण्ड स्युच्टरले पनि सम्झौता गर्न खोजेका थिए।
ओबामालाई दिन लागिएको रकम अहिलेसम्मकै किर्तिमानी रकम मानिएको छ। यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टनको पुस्तक ‘माई लाइफ’ का लागि उनलाई साढे एक अर्ब रुपैयाँ दिइएको थियो भने अर्का पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको पुस्तक ‘डिसिजन पोइन्ट्स’ का लागि एक अर्ब रुपैयाँ दिइएको थियो।
पूर्वप्रथम महिला हिलारी क्लिन्टनले पनि आफ्नो संस्मरण ‘लिभिङ हिस्ट्री’ का लागि ८ करोड रुपैयाँ लिएकी थिइन्।
किताबको आम्दानीको केही हिस्सा ओबामा दम्पत्तिले ओबामा फाउन्डेसनमार्फत् दान गर्ने अपेक्षा गरिएको छ।
ओबामाको यसअघि नै ‘ड्रिम्स अफ माइ फादर’ र ‘द अडासिटी अफ होप’ नामक कृति दशौँ लाख प्रति बिक्री भइसकेको छ। मिसेलले यसअघि एक मात्र पुस्तक लेखेकी छिन्। उनले लेखेको ‘अमेरिकन ग्रोन’ सन् २०१२ मा प्रकाशित भएको थियो।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment