Wednesday, March 1, 2017

आठ वर्ष अघि सञ्चालनमा ल्याइएको बाटो बन्द


विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् ।आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन्दा जिल्ला प्रशासन कार्यालयमा धाएका छन् ।प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित बाटो सुचारु गरिदिन ज्ञापनपत्र बुझाए ।

स्थानीयवासीले चाँगुनारायण नगरपालिका–न्याचोपौवा बुढाथोकी माझ गाउँ ज्योतिलिङ्गेश्वर सडक स्थानीय प्रकाश बुढाथोकीले एकतर्फी रुपमा बन्द गराएको भन्दै बाटो सुचारु गर्न ज्ञापनपत्र बुझाएका हुन । जिल्ला प्रशासन कार्यालयमा भेला भएका स्थानीयवासीले २०६५ सालमा २० फिट चौडाइ बनाएर निर्माण गरिएको उक्त सडकलाई नगरपालिकाले बीचबाट दायाँबायाँ पाँच मिटर छोडेर मात्रै घर बनाउन पाउने गरी मापदण्ड तोकेको बताएका छन् ।

उक्त सडकमा तत्कालीन चाँगुनारायण गाविस, हालको चाँगुनारायण नगरपालिकाको बजेटबाट ग्राबेल गरिएको र सहरी विकास प्राधिकरणको बजेटबाट ड्रेन तथा पर्खाल लगाएकामा ड्रेन र पर्खाल समेत पुरेर ५० मिटर सडक बन्द गराएपछि उनीहरुको आवतजावत रोकिएको स्थानीय सानुकाजी बुढाथोकीले बताउनुभयो ।

स्थानीय प्रकाश बुढाथोकीले डोजर लगाएर बाटोलाई खेतमा परिणत गरेपछि जनिकैका २० घरपरिवारका बासिन्दालाई आवातजावतमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी पोखरेलसंग गुनासो गरेका हुन् । सडक पुरेपछि गाउँमा एम्बुलेन्स र दमकल जाने सडक समेत नभएको बताउँदै स्थानीयवासीले तत्काल सडक खोल्न माग गरेका छन् ।प्रजिअ समक्ष नेपाली काँग्रेसका स्थानीय नेता शिवहरि केसीले स्थानीयवासीलाई अन्याय परेकाले सोही सडकलाई पुन ः खुलाउनुपर्ने बताउनुभयो ।

सडक पुर्ने प्रकाश बुढाथोकीले आठ वर्षअघि आफ्नो जग्गाको बीचबाट सडक निर्माण गरेर लगेको बताउँदै हाल जग्गा बिग्रने भएकाले सडक पुरेको बताउनुभयो ।प्रजिअ पोखरेल समक्ष उहाँले आफ्नो जग्गाबाट कुनै हालतमा सडक लैजान नदिने जिकिर गर्दैै नजिकै रहेको राजकुलोबाट सडक लैजानुपर्ने बताउनुभयो ।प्रजिअ पोखरेलले नजिकै राजकुलो रहेको अवस्थामा त्यहीँबाट नयाँ सडकको ट्र्याब खोलेर समस्याको समाधान गर्न सकिने गरी छलफल भएको बताउनुभयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment