Wednesday, March 1, 2017

वार्षिक १० हजार टन तरकारी उत्पादन


 जिल्लालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई वृहत्तर योजनाको रुपमा विकास गराउँदै आगामी केही वर्षभित्र जिल्लालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो । जिल्लामा ८२० हेक्टर जग्गामा वार्षिक करिब १० हजार टन तरकारी उत्पादन हुँदै आएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनौँ, बाजुङ, माझफाँट, धाइरिङ, कुश्मा नगरपालिका, लङ्खु लगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरकारीखेती गरिँदै आएको छ ।

अन्य जिल्लाबाट गरिने तरकारीको आयात घट्दै गएको छ । मुख्य गरी आलु, गोलभेँडा, काउली, बन्दागोभी, गाँजर, मुला र करेलामा जिल्ला आत्मनिर्भर बन्दै गएको छ ।

बजार अभावले भूइँस्याउ कुहिँदै

आम्दानीको गतिलो स्रोत बनेको भूइँस्याउ बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । बिक्री नहुँदा भूइँस्याउ कुहिँदै गएको छ । आलु र कोदोखेतीको ठाउँमा कृषकले विगत पाँच वर्षदेखि भूइँस्याउको व्यावसायिक खेती गर्दै आएका थिए ।

उत्पादन भए पनि बिक्री हुन नसक्दा कृषक समस्यामा परेका हुन् । लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्लेलगायतका ठाउँमा कृषकले व्यावसायिक रुपमा यसको खेती गर्दैआएका छन् ।

भूइँस्याउ जेठमा लगाएर माघ महिनामा उत्पादन गर्न सकिन्छ । बजार नपाउँदा कुहिन थालेको लेखफाँटका कृषक कृष्णबहादुर रञ्जितले बताउनुभयो । एउटा बोटमा करिब ९ किलोसम्म भूइँस्याउ उत्पादन हुन्छ । अहिले किसानले प्रतिकिलो ५० मा बिक्री गर्दैआएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment