आइसल्याण्ड सरकारले त्यहाँका युवतीलाई विवाह गर्ने र घरज्वाँइ बस्ने अर्को देशको युवालाई महिनाको पाँच हजार डलर दिने घोषणा गरेको खबर केही दिन देखी सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ ।
‘आइसल्याण्डको सरकार अब देशको केटीहरुसँग विवाह गरेका अर्को देशको केटाहरुलाई प्रतिमहिना पाँच हजार डलर अर्थात करिब पाँचलाख रुपैंया दिनेछ । यसको प्रमुख कारण यस देशमा कम जनसख्यालाई बताइएको छ ।’ यस्ता खबरहरु तपाईले पनि केही दिन यता सुन्नु भएको थियो होला ।
केही दिनदेखी इन्टरनेटमा भाइरल भएको यस्ता खबरहरुमा भनिएको थियो कि विवाहको लागि इच्छुक केटाहरुले यो देशको युवतीहरु छानेर विवाह गर्न सक्नेछन् र आइसल्याण्डमै सधैंको लागि बस्नुपर्नेछ । खबरहरुमा उक्त अफरमा नर्थ अफ्रिकाका मानिसहरुलाई प्राथमिकता दिइने कुरा पनि बताइएको थियो । तर, भाइरल भएको यस समाचारको वास्तविकता अर्कै छ ।
फेक खबर र फोटोहरु जाँच्ने साइट स्नुप्सले यसलाई फेक भनिदिएको छ । यस वेबसाइटका अनुसार आइसल्याण्डमा १ हजार सात पुरुषहरुमा महिलाको जनसंख्या जम्मा १ हजार मात्रै छ । तर भाइरल भैरहेको समाचारमा भनिएको छ कि महिलाको संख्या पुरुषहरुको तुलनामा धेरै छ, यो गलत हो ।
वास्तवमा कसैले यस्तो खालको कुरा आफ्नो ब्लगमा लेखिदिएको थियो र त्यसैको आधारमा विभिन्न वेवसाइटहरुले यसलाई खबर बनाएर छापिदिए । यस्तोमा मा मानिसहरुलाई लाग्न थाल्यो कि सरकारले साँच्चै ने यस्तो घोषणा गर्यो ।
यतिमात्रै होइन् यस्ता खबरहरु आएपछि विभिन्न देशहरुका अपरिचित मानिसहरुले आइसल्याण्डका युवतीहरुलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पनि पठाउन सुरु गरेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment