साथै, दक्षिण कोरियाका रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले थुप्रै परमाणु परिक्षण गरेको जुन हजार किलोमिटर परसम्म गएको दाबी गरेको छ ।
दक्षिण कोरियाका रक्षा मन्त्रालयका प्रवक्ता क्वसून की–जूनका अनुसार ती परमाणु परिक्षणहरु उत्तर कोरियाो तोंगचांग–री प्रान्तबाट इस्ट सी अफ जापानमाथि निशाना बनाइयो । तोंगचेंग– रीमा सयौं स्याटलाइट स्टेशन छन् ।
उत्तर कोरियाले आफ्नो देशलाई निशानालाई बनाइरहेकोमा जापानले निकै चिन्ता व्यक्त गरेको छ । उत्तर कोरियाले यो परमाणु परिक्षण दक्षिण कोरिया र अमेरिकामा वार्षीक सैनिक अभ्यास ‘फोल इगल’ का कारण गरेको हो । उत्तर कोरियालाई उद्धृत गर्दै सिएनएनले भन्यो, ‘अमेरिका र उनको साथी दक्षिण कोरियाले सँगै मिलेर हाम्रो ढोकामा परमाणु हमलाको लागि अभ्यास गरिरहेको छ, हाम्रा सैनिकले यसको जवाफ दिनेछ ।’
फेब्रअरीमा उत्तर कोरियाले ५ सय किलोमिटर टाढा पुग्ने परमाणुको परिक्षण गरेको थियो । उत्तर कोरियाको परमाणु परिक्षणको उद्देश्य न्यूक्लियर र मिसाइल क्षमता देखाउने भएको विभिन्न स्रोतले दाबी गर्दै आएको छ । पछिल्लो वर्ष अक्टोबरमा उत्तर कोरियाले बेंग्यान एयरबेसबाट नै मुसुदन परमाणुको दुई परिक्षण गरेको थियो । सन् २०१६ मा उत्तर कोरियाले दुईवटा परमाणु परिक्षण गरेको थियो । यसमा एक हाइड्रोजन बम पनि समावेश भएको बताइएको छ । यसका साथै उत्तर कोरियाले पछिल्लो वर्ष नै थुप्रै परमाणु परिक्षण गरेको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment