। हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) समाजसेवा मात्रै नभएर समाजमा एकता र सद्भाव कायम गराउने कार्यमा पनि सक्रिय भएका छन् ।
राजनीतिक विचारले पहाडी र मधेशीबीच फाटो आइरहेको भनिएका बेला धुर्मुस भने एकता कायम गराउने कार्यमा लागेको देखिन्छ ।
काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई नमुना एकताबस्ती निर्माण गरेका धुर्मुस हाल मोहत्तरीको बर्दिवासमा मुसहर समुदायलाई एकीकृत नमुना बस्ती निर्माणमा खटेका छन् ।
यसैक्रममा मुलुक र आम नागरिकले चाहेको सद्भाव कायम गराउन भन्दै धुर्मुसले एकता गिरान्चौर एकिकृत नमुना बस्ती सिन्धुपाल्चोकका स्थानियबासिन्दा (तामाङ्ग) र एकिकृत नमुना मुसहर बस्तीका (मुसहर)हरु बीचमा मायाको चिनो ( ढाकाटोपी र गम्छा) साटासाट गराएर एकताको सन्देश प्रवाह गरेका छन् । यो एकता नै मुलुकले खोजेको धुर्मुसले भनेका छन् ।
एकहप्ते श्रमदानपछि गिरान्चौरबासी मुसहर बस्तीबाट फर्किंदै गर्दा एकता र सद्भावको सन्देश प्रवाह गरेका धुर्मुसले यस क्षणले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
तस्विर : सिताराम कट्टेल धुर्मुसको फेसबुकबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment