Monday, March 6, 2017

एमालेलाई दियो मोर्चाले कडा झड्का, मेची–महाकाली अभियानको विरोध गर्दै पार्यो यातायात ठप्प


नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ ।

मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन ।

एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।

साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment