Tuesday, March 7, 2017

मलाई कसैले बताइदेओस् कि मधेशमा दर्जनौँ मान्छे मर्दा कुन चाहिँ मधेसी नेताका छोराछोरी हरु मरेको इतिहास छ ?


मधेशी नेताका छोराछोरी अमेरिका–युरोप, तातो गोली खानुपर्ने चाँहि गरिब जनताका छोराछोरी ?

तराई मधेशका हरेक आन्दोलनमा अग्रभागमा रहेका जनताका छोराछोरी लडिरहेका छन् र तातो गोली पनि उनीहरुले नै खाइरहेका छन् ।किन सँधै गरिब छोराछोरीको ज्यान गएको कुरा आउँछ, मधेशी मोर्चाका नेताका छोराछोरी कहाँ छन्, किन उनीहरु आन्दोलनमा आउँदैनन् ? किनकी उनीहरु अमेरिका, युरोप र भारतका महंगा विश्वविद्यालयमा पढिरहेका छन् ।

कोही बुद्धिजीवीले मलाई बताइदेओस् कि सभा गरेर आफ्नो कुरा राख्छौँ भन्ने हठ अतिवाद हो कि ‘तेरो सभा बिथोलेरै छाड्छौँ’ भन्ने हठ अतिवाद हो ? सीके राउतले देश टुक्याउने सभा गर्न हुने भने एमालेले आफ्नाबिरुद्दका भ्रम चिर्न सभा गर्दा अतिवाद कसरी हुन्छ ?

एउटा कुरा स्पष्ट छ– आफ्ना छोरा छोरीहरु युरोप–अमेरिका पठाएर आम जनताका छोरा छोरीलाई प्रहरीसँग मुठभेड गराउन पठाउने र स्वतन्त्र देशकै अस्तित्व नरहने गरी अलोकप्रिय हर्कत गरिरहेको कुरा आममधेसी कार्यकर्ताले कहिले बुझ्ने ?

यदि मेरो कुरा गलत हो भने कसैले मलाई बताइदेओस् कि मधेशमा दर्जनौँ मान्छे मर्दा कुन चाहिँ मधेसी नेताका छोराछोरी हरु मरेको इतिहास छ ?

सप्तरीको राजबिराजमा हिजो नहुनुपर्ने अप्रिय घटना भयो । तितो सत्य यो हो कि जुन घटनाको पछाडि लोकतन्त्रकै उपहास हुने गरी निषेधको राजनीति ज़िम्मेवार रहेको छ । एमालेले मेची–महाकाली अभियान थाल्नु उसको राजनैतिक अधिकारको कुरा थियो, शान्तिपूर्ण रुपमा सभा गर्नु र आफ्ना मूल्य र मान्यता जनता माझ पुर्याउनु लोकतन्त्रात्मक ब्यवस्थाको सुन्दर पक्ष हो । मधेसी मोर्चा सरकारसँग चिढिएको होला, त्यो भन्दा बढी एमालेसँग चिढिएको होला तर उनीहरुको शान्तिपूर्ण सभा बिथोल्न कार्यकर्ता उतारेर गरेको निषेधको राजनीतिले यस्तो अवस्थाको सिर्जना भएको कुरा अधिकारकर्मी र सरोकारवाला सबैले पनि बुझ्न जरुरी छ ।

संबिधानका बिमतिलाई लोकतान्त्रिक बिधिले सच्चाउनु त कता हो कता आफ्नै देशमा नाकाबन्दी गराउन भारत गुहार्ने मधेसी मोर्चा र यसका नेताहरुको बिगत पनि नेपाली जनताले देखेकै हो । मधेसमा मधेसी जनताबाटै अनुमोदित हुन नसकेका केही स्थायित्व नचाहने र उत्तेजनाको राजनीति गर्नेहरुले एमालेको सभा बिथोलेर आफ्नै खुट्टामा बन्चरो हानेको कुरा समय सन्दर्भले बताउला ।

कोही बुद्धिजीवीले मलाई बताइदेओस् कि सभा गरेर आफ्नो कुरा राख्छौँ भन्ने हठ अतिवाद हो कि ‘तेरो सभा बिथोलेरै छाड्छौँ’ भन्ने हठ अतिवाद हो ? मधेस कुनै एक ब्यक्तिको लालपूर्जावाला जग्गा या घर अथवा बाबु बाजेको सम्पत्ति होइन , सीके राउतले देश टुक्याउने सभा गर्न हुने भने एमालेले आफ्नाबिरुद्दका भ्रम चिर्न सभा गर्दा अतिवाद कसरी हुन्छ ?

सप्तरी घटनामा स्थानीय प्रशासनले अत्याधिक बल प्रयोग गरेको भन्ने कुरा मिडियामा आएको छ जुन हेर्दा सरसरर्ती गलत देखिन्छ तर प्रहरीले यति बल प्रयोग नगरेको भए कैलाली घटना भन्दा भयावह घटना हुन सक्थ्यो, कसैको बिचार सुन्न आएका र तिनको सुरक्षा दिनेहरुलाई पेट्रोल बम हान्ने, आगजनी गर्ने र छातीमा भाला रोप्नेहरुलाई गोली नचलाएर गुलेली देखाएर बस्नु लोकतन्त्र कसरी मान्ने ? कसैको ज्यानसँग कसैको स्वार्थ साट्ने कुरो होइन। आची गरिसकेपछि दैलो देखेर हुन्छ ?

आफ्नो बिचारको प्रचार गर्ने छुट एमालेलाई मात्र होइन, पूर्वराजा ज्ञानेन्द्रलाई पनि छ । यसैगरी एकले अर्कालाई आक्रमण गर्दै जाने हो भने हाम्रो साम्प्रदायिक सद्भाव कता जाला ?

लोकतन्त्र हो, हिजो एमालेले आफ्नो सभा गर्यो, भोलि काङ्ग्रेसले गर्ला, माओवादी केन्द्रले गर्ला, भोलि मोर्चाले काठमाडौँमा सभा राख्ला, यसैगरी एकले अर्कालाई आक्रमण गर्दै जाने हो भने हाम्रो साम्प्रदायिक सद्भाव कता जाला ? मान्छे मर्दा जेनेभा महासन्धिको कुरा गर्ने अधिकारकर्मीले अरुमाथि पेट्रोल बम हान्ने, एम्बुलेन्सबाट घाइते थुतेर मार्ने, जिउँदो मान्छेलाई मट्टितेल खन्याएर जलाउनेहरुको बारेमा बोल्नुपर्छ या पर्दैन ?

एमालेको अतिवादको विरोध गरिरहँदा शान्तिपूर्ण सभा विथोल्न खोज्ने कार्यको पनि विरोध गर्न नजान्ने अधिकारकर्मीहरुले कुन कन्भेन्सनको कुरा गरेका होलान् ? लोकतन्त्रमा ‘सभा गर्ने दोषी, सभा बिथोल्ने निर्दोष’ भन्न पाइन्छ ? एमाले मधेश र मधेसीप्रति उदासीन नै थियो भने त्यसको निर्णय चुनावले गर्थ्यो, मधेसी मोर्चा एमालेसँग यसरी सशंकित हुनुको पछाडि के रहस्य छ ?

आफ्नो बिचारको प्रचार गर्ने छुट एमालेलाई मात्र होइन, पूर्वराजा ज्ञानेन्द्रलाई पनि छ । दुई महिना पहिले घोषणा गरिएको कार्यक्रमलाई लक्षित गरी ज्यान फालेर बिथोल्न जाने तर प्रहरीले प्रतिकार गरेर थप जनधनको क्षति हुन नदिन आतंक मच्चाउनेलाई गोली नचलाएर गुलेली चलाउने ? यसो भनिरहँदा मलाई हिंसाको पक्षपोषण गर्यो भनेर कसैले आरोप लगाउनु र मधेसी मोर्चालाई निर्दोष भन्नु एउटै कुरा हो ।

अन्त्यमा,

भारतले नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप गरेर बिभिन्न बहानामा नेपाललाई अस्थिर बनाइरहेको बेला सरकारकै गृहमन्त्रीले पूर्वाग्रहपूर्ण तरिकाले एमालेको सभा रोक्ने निर्देशन दिनु, देशकै पूर्वप्रधानमन्त्री, बुद्धिजीवी र बिशिष्ठ ब्यक्तिहरुले नै साम्प्रदायिक कुरा उठाएर उनीहरुको प्रिय बन्ने सपना कसैले देखेको छ भने निर्दोष मधेसीहरु मरेको जिम्मेवारी खुद तिनीहरु र मधेशी मोर्चाले लिनुपर्छ कि पर्दैन ?

संबिधान संसोधन खासमा मधेसी जनताकै हितमा छैन, यो सरासर अंगिकृत नागरिकताधारी, कथित बाबुहरु र तिनका आसेपासेहरुको हितमा मात्र छ । सिमाङ्कन र पहिचानका कुराहरु पछि मिल्दै गर्लान्, तर त्यसभन्दा अघि देश नै नरहने हो भने भोलि हामी आफू आफू लडेको पश्चात्ताप गरेर हुने छैन ।

देश नै सोमालिया हुने गरी कसैले अस्थिरता निम्त्याउने हर्कत गर्छ भने स्वतन्त्रताको नाममा आफ्नै आमाको बलात्कार गर्ने छुट कसैलाई छैन । चेतना भया ! सबैले अतिवाद र निषेधको राजनीति त्यागेर संयमता अपनाउने बेला हो यो ।

एमाले संयम होस्, सरकार जिम्मेवार होस् र मधेसी मोर्चाले निषेधको राजनीति त्यागोस् । कोहीलाई सत्तामा चढाउनका लागि बेरोजगार युवाहरुको रगतको बली नचढाइयोस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment