
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विज्ञप्तिमार्फत नेकपा एमालेको मेची-महाकाली अभियान क्रममा सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर मारिएको सूचीमा राखेको दिगम्बर यादव अस्पतालमा जिउँदै भेटिएका छन्।
मोर्चाले सोमबार बेलुका जारी गरेको विज्ञप्तिमा 'प्रहरीले दमनकारी कार्य गरी हत्या गरेको' भन्दै यादवको नाम समेत मृतकको सूचीमा राखेको थियो।
सोमबार बेलुका नै गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यादवको नाम थिएन। गृहले पिताम्बर लाल मण्डल, आनन्द साह र संजन महतोको मृत्यु भएको जानकारी दिएको थियो।
मोर्चाको सूचीमा मृत भनिएका यादव मृत हुन् कि जीवितै?
पहिलोपोस्टको खोजीमा उनी झडपमा घाइते भएका थिए। तर उनी जीवितै फेला परे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा। यादवको अहिले प्रतिष्ठानमा उपचार भइरहेको उनका साथी डोमन साहले पहिलोपोस्टलाई बताए। 'साढे ९ बजे मसँग कुराकानी हुँदा उनले शल्यक्रिया गर्नुपर्ने जानकारी गराएका थिए,' साहले भने।
यादव जिल्ला बार एशोसिएसन सप्तरीका कोषाध्यक्ष हुन्। उनको पिठ्युमा गोली लागेर पेटबाट बाहिर निस्किएको थियो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख उद्धव तिमिल्सनाले सोमबार भएको घटनामा तीन जनाको मात्र मृत्यु भएको बताए। उनले पहिलोस्टसँगको कुराकानीमा भने, 'अहिलेसम्म तीन जनाको मात्र मृत्यु भएको छ।'
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment