स्वास्थ्य संस्था तथा अस्पतालको सेवा प्रमाणीकरण गर्न काउन्सिल स्थापना हुने भएको छ । स्वास्थ्य मन्त्री गगन थापाका अनुसार सेवाको प्रमाणीकरणका लागि नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण काउन्सिल स्थापना गर्न लागिएको हो ।
काउन्सिललाई उपलब्ध सेवाको सेवा गुणस्तर मापन गर्ने, प्रमाणीकरण गर्ने र गुणस्तरहिन सेवा दिने संस्थालाई कारबाही गर्ने अधिकार हुनेछ ।
आवधिक रुपमा सरकारी तथा निजि स्वास्थ्य सेवाहरुको गुणस्तर मापन गरी त्यसको प्रमाणीकरण गरेमा गुणस्तरहिन सेवालाई नियन्त्रण गर्न सकिने र स्तरिय वा दिनेहरुलाई प्रोत्साहन हुने स्वास्थ्य मन्त्री थापाले जानकारी बताए ।
काउन्सिलले सेवाको गुणस्तरको तह निर्धारणका आधारमा शुल्क पनि निर्धारण गर्ने उनको भनाई छ ।
नेपालको संविधानको धारा ५१ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा सहज, सुलभ, समान, गुणस्तरीय र पहुँच योग्य वस्तु तथा सेवा प्राप्त गर्ने हक र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभूत गर्न काउन्सिल स्थापना गर्न लागिएको मन्त्री थापाले बताए ।
देशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमन र नियन्त्रण गर्न काउन्सिलबाट मात्र संभव भएको उनको भनाई छ । गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकलले काउन्सिल गठनका लागि सैद्धान्तीक सहमति दिएको छ ।
परिषद स्थापना र संरचना सम्बन्धी नीति र ऐनको मस्यौदा गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सहित विभिन्न महाशाखाका प्रतिनिधिहरु र विज्ञहरु सम्मिलित मस्यौदा समिति पनि बनाइएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment