नेपाल प्रहरीको महानिरीक्षक अझै केही समयसम्म निमित्तले नै चलाउने परिस्थिति निर्माण हुँदै गएको छ । नयाँ आईजी नियुक्त नभएसम्म डा.दिनेशचन्द्र पोखरेलले नै प्रहरीको कमान्ड सम्हाल्ने छन् ।
प्रहरीमा प्राविधिक सेवातर्फका पोखरेल निजी अस्पताल मालिक पनि हुन् । नयाँ बानेश्वरस्थित भेनस अस्पताल पोखरेलकै पूर्ण लगानीमा सञ्चालित अस्पताल भएको स्रोतले बतायो । सर्वोच्च अदालतले ‘चन्दलाई आईजी बनाउने निर्णय कार्यान्वयन अघि नबढाउन’ भनी आदेश जारी गरेपछि अब नेपाल प्रहरीमा कि त पोखरेलले नै फुल महानिरीक्षक बन्ने स्थिति देखापर्दैछ । यदि सर्वोच्चले आईजी बन्न चन्दको योग्यता नपुगेको फैसला गरेमा सरकारले चार डीआईजीमध्ये प्रकाश अर्याल र बमबहादुर भण्डारीबीचबाट एउटा नियुक्त गर्न सक्ने बाटो खुल्ने छ ।
डीआईजीको पहिलो वरीयतामा रहेका नवराज सिलवालले चन्दलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सिलवालले रिट हालेकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै ‘निर्णय कार्यान्वयन नगराउन’ भनेकी थिइन् ।
फागुन १८ गते सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले प्रधानन्यायाधीश कार्कीको यसअघिको आदेशलाई निरन्तरता दिँदै ‘चन्दको बढुवा यथास्थितिमा राख्नू’ भनी आदेश दिएको हो । सर्वोच्चको यस्तो आदेशपछि अब नेपाल प्रहरीमा जयबहादु चन्द र नवराज सिलवालबाहेकबाट नयाँ आईजी बनाउने चलखेल सुरु हुन लागेको विश्लेषण सुरु भएको छ । सर्वोच्चले तीन दिनभित्र चन्दलाई आईजी नियुक्त गर्नुपर्ने कारण सरकारलाई पेस गर्न आदेशसमेत दिएको छ ।
स्रोतका अनुसार न्यायाधीश कार्की एमालेको सिफारिसमा नियुक्त भएका हुन् । डीआईजी सिलवाललाई पनि एमाले निकट प्रहरी अधिकृत भएको आरोप लाग्दै आएको छ । सोही कारण कार्कीकै बेन्चमा आईजीको रिट पारिएको बुझिएको छ ।
सर्वोच्चको फैसाला आफ्नो विपक्षमा फैसला आउन सक्ने भन्दै चन्दले आफू निकटहरूसँग कुराकानी सेयर गर्न थालेका छन् । पार्टीबाट न्यायाधीशमा नियुक्त भएकाको बेन्चमा आफ्नो मुद्दा परेकाले चन्दले आफूलाई आईजी बन्नबाट रोक्ने खेल भइसकेको बताएको उनी निकट एक प्रहरी अधिकृतले बताए । ‘सर्वोच्चले मलाई महानिरीक्षक बन्नबाट रोक्ने गरी फैसला तयार पारेको मैले सूचना पाएको छु,’ चन्दको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment