Thursday, April 6, 2017

संसद विघटन गरेर प्रचण्डले मंसीरमा निर्वाचनको घोषणा गर्ने

२० वर्षअघि असफल र खारेज भइसकेको संसदीय व्यवस्थालाई अहिले जबर्जस्त जनतामा लाद्न खोज्दा संकट आइपरेको कम्युनिस्ट पार्टीको धारणा ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जारी राजनीतिक जटिलता र अप्ठ्यारोलाई चिरेर जान विद्यमान संसद विघटन गरेर जाने भएका छन् । त्यसका लागि उनले संसद विघटन गरेर मंसीरमा निर्वाचनको घोषणा समेत गर्नेछन् ।

मुलुकमा गंभीर राजनीतिक जटिलताको बीचमा रहेका प्रचण्डलाई संसद विघटन गरेर जानै पर्ने बाध्यता आइलागेको उच्च राजनीतिक स्रोतले बतायो । अबको केही दिनपछि प्रचण्डले संसद विघटन गरेर जाने प्रवल संभावना छ ।

त्यसका निम्ति उनले उपयुक्त बाटो खोजिरहेका छन् । कांग्रेससँग गरेको सहमतिअनुसार प्रचण्डले चैत्र मसान्तसम्म प्रधानमन्त्रीको चाबी बुझाउनु हो । तर पछिल्लो सहमति अनुसार वैशाखमा गर्ने भनिएको स्थानीय निर्वाचन सकेर प्रचण्डले शेरबहादुर देउवालाई सत्ताको चाबी दिने भन्ने छ ।

तर वैशाखभित्र कुनै पनि मानेमा निर्वाचन हुन नसक्ने भएपछि प्रचण्डलाई संसद विघटन गरेर मंसीरमा निर्वाचनको घोषणा गर्नु सुविधाको बाटो हुने भएकोले उनी संसद विघटनको बाटो समाउन बाध्य भएका छन् ।

वैशाख आउन अब केही समय मात्र बाँकी छ । तर देशमा जारी राजनीतिक अन्योलताका कारण गाउँमा निर्वाचनको कुनै माहोल नभएपछि प्रचण्ड यस्तो विकल्पमा जान थालेका हुन् ।

यस्तो बाटो बाबुराम भट्टराईले पनि ०६९ तिर संविधानसभा विघटन गरेर दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरेका थिए ।
‘के यो संभावना होला त ?’ यो प्रश्नमा उच्च राजनीति स्रोत भन्छ– ‘प्रधानमन्त्री प्रचण्डलाई योभन्दा उपयुक्त सुविधाको बाटो अर्को छदैछैन । यसकारण पनि प्रचण्डले संसद विघटनको बाटो रोजेर अगाडि बढ्न खोजेका हुन् ।’

देशमा अहिले जे घटना र परिघटनाहरु देखा परिरहेका छन् । राजनीतिक संकटहरु आइपरेका छन् । त्यो सबै संसदीय व्यवस्थाको असफलताको परिणाम हो भनेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले भन्ने गरेको छ ।

कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले २० वर्षअघि असफल र खारेज भइसकेको संसदीय व्यवस्थालाई अहिले जबर्जस्त जनतामा लाद्न खोज्दा संकट आइपरेको बताउछन् ।

उनले यी सबै समस्या समाधानका लागि नयाँ जनवादी व्यवस्था र समाजवादी व्यवस्थाले मात्र गर्ने बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment