प्रचण्ड विरुद्ध योजना बनाउन ओलीकै पहलमा बैंकक भ्रमण तय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्, स्वास्थ्य उपचार गराउने नाममा ।
बैंकक उड्नुअघि ओलीले नेपालमा भएका विभिन्न कार्यक्रमा प्रचण्डलाई खुबै गाली पनि गरे । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतको इसारामा चलेको आरोप लगाउँदै आएका थिए ।
पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले बैंककमा राजनीतिक गोप्य भेटवार्ताको योजना बनाएको खुलासा भएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य सहभागि छन् ।
तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएको स्रोतको दावी छ । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ ।
भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।
स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।
अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि गत हप्ता थाइल्याण्ड पुगेका छन् ।
नेपालको सुरक्षा संयन्त्रले स्थानीय निकायको निर्वाचनमा एमालेको अवस्था खस्कीने भन्दै गोप्य रिपोर्ट निकालेपछि एमाले अध्यक्ष ओली आत्तिएका हुन् ।
खासगरि मधेस क्षेत्रमा एमालेलाई ठुलो नोक्सानी हुने सुरक्षा निकायको रिपोर्टबाट ओलीले चाल पाएपछि भारतसंग बिग्रीएको सम्बन्ध सुधार गर्न चाहेका थिए ।
पछिल्लो समय आफुलाई राष्ट्रवादी भन्दै चलचित्रदेखि म्युजिक भिडियोसम्ममा अभिनय गरेका ओलीले दिने गरेको अभिव्यक्तीले पार्टी संकटमा फसेको भन्दै एमाले नेताहरुले वैठकमै ओलीको आलोचना गरेका थिए ।
अहिले भारत भ्रमणमा जाँदा पनि राम्रो सन्देश नजाने बरु बाहिर अन्य कतै भेट्न ओलीले भारतीय दुतावासका कर्मचारीहरुलाई आग्रह गरेका थिए । ओलीकै आग्रह अनुसार उपचार पनि हुने र राजनीतिक छलफल पनि हुने भन्दै बैंकक त्यसका लागि उपयुत्त हुने निस्कर्ष निकालीएको थियो ।
निर्वाचनबारे नेपाली खुफिया रिपोर्टमा एमालेको खस्कदो नतिजा निकालेपछि एमाले अध्यक्ष ओलीले माओवादीलाई स्थानीय निकायको निर्वाचन सार्न आग्रह समेत गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले खुलासा गरिसकेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment