बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीले जसरीपनि नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्नुहुन्छ, नेपाल हिन्दूहरुको आस्थाको राष्ट्र हो।
उनले नेपाललाई हिन्दूराष्ट्र बनाउने योजना अनुसार नै मोदीले उत्तर प्रदेशमा योगीजीलाई मुख्यमन्त्री बनाएको स्पष्ट पारे ।
बरालले नेपाललाई हिन्दूराष्ट्र पूर्नस्थापना नगरेसम्म आफूहरुको अभियान जारी रहने बताए् । उनले भने, ‘नेपालमा ९४ प्रतिशत हिन्दूहरु छन्, मोदीको चाहना नेपाललाई विश्वमा एकमात्रै हिन्दूराष्ट्र बनाउने हो, त्यो बनाउन हामी गृहकार्यमा जुटेका छौं, पश्चिमाहरुको ईशारमा नेपाललाई धर्मनिरपेक्ष बनाईयो, यो कुनै पनि हालतमा मान्य छैन, धर्मनिरपेक्ष खारेज गराएरै छाड्छौं ।’
उनले नेपालजस्तो हिन्दूवादीहरुबो बाहुल्य रहेको मुलुकमा धर्मनिरपेक्षता लागु गर्नु भनेको दुर्भाग्य भएको टिप्पणी गरे । उनले भने,‘यदि तत्काल हिन्दूराज्य बनाईएन भने नेपालको हालत पाकिस्तानको जस्तै हुन्छ ।’
उनले भारतीय प्रधानमन्त्री मोदीको नीति र भाजपाको नीति नेपालमा हिन्दूहरुको बाहुल्य भएकोले जनताको बहुमतलाई सहर्ष स्किारर्नुपर्छ भन्ने नै रहेको जानकारी दिए ।
नयाँ दिल्लीमा बस्ने बराल हिजो मात्रै नेपाल आईपुगेका हुन् । बराल भारतीय सत्तारुढ दल भारतीइ जनता पार्टी र हिन्दुवादी संगठन आरएसएसका निकट मानिन्छन् ।-dainik nepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment