हस्तज्योतिषमा हाथको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिको चरित्र र भाग्यबारे पत्ता लगाउन सकिन्छ । हाथमा बनेको विभिन्न रेखाहरुमध्य एउटा रेखा हुन्छ जसलाई विवाह रेखा भनिन्छ ।
यही विवाह रेखालाई हेरेर यो जान्न सकिन्छ कि यो व्यक्तिको कतिवटा महिलासँग विवाह हुन्छ या यसको कतिवटा महिलासँग चक्कर चलिरहेको छ ।
विवाह रेखा माथि चित्रमा देखाए जस्तै हातको कान्छी अौलाको ठीक तल जसलाई बुध पर्वत भनिन्छ त्यो ठाउँमा हुन्छ । हस्तज्योतिषका अनुसार यहाँ जति रेखाहरु हुन्छन् त्यो व्यक्ति या महिलाको त्यति नै संख्याको प्रेम प्रसंग भएको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुक्रीएको छ भने विवाह विच्छेदको संभावना रहन्छ । त्यतिमात्र नभइ यो रेखाले तपाईको दाम्पत्य जीवन कस्तो हुन्छ भन्नेबारे पनि बताउँछ ।
यदि यो रेखा तल तिर हुदै गएको छ भने पारिवारिक जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनैपनि व्यक्तिको बाँया हातमा दुई विवाह रेखाहरु छन् तथा दायाँ हातमा एक मात्र विवाह रेखा छ भने यस्ताको पत्नीले आफूलाई निकै मायाँ गर्ने गर्दछन् तथा आफ्नो पतिको हरेक सानो सानो कुरालाई ध्यानमा राख्ने हुन्छन । यदि कुनै व्यक्तिको हातमा विवाह रेखा माथी तर्फ मोडिएको छ र कान्छी अौला सम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा निकै बाधा अाउँने हुन्छ ।
यदि कसैको हातमा विवाह रेखा अगाडी गएर दुई भागमा विभाजन भएको छ भने यस्ता व्यक्तिहरुको वैवाहिक जीवनमा पति-पत्नीको बिचमा सम्बन्ध नराम्रो हुन सक्छ । यदि विवाह रेखाको अारम्भमा कुनै द्वीपको चिन्ह छ भने त्यो स्त्री/पुरूषको अबैध सम्बन्ध हुन सक्छ । यदि विवाह रेखाको अारम्भमा कोठी छ भने तपाईको जीवनसाथीलाई कुनै ठूलो खतरा अाउन सक्ने हुन्छ । एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment