Saturday, April 15, 2017

प्रधानमन्त्री प्रचण्डबारे बाबुरामले गरे नयाँ खुलासा

काठमाडौं, २ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गम्भीर आरोप लगाएका छन् । नयाँ शक्तिसहितका ६८ दलको आज अनसन कार्यक्रम उद्घाटन गर्दै उनले प्रचण्डलाई पञ्चायत व्युताउन लागेको आरोप लगाएका हुन् ।

उनले प्रचण्ड पहिलेका पञ्चायतका हिमायती तथा अहिलेका उपप्रधानमन्त्री कमल थापासंग मिलेर पञ्चायत व्युताउन लागिरहेको बताए । जनताले पञ्चायती व्यवस्थाबाट पाएको अधिकार प्रचण्डले फेरि नयाँ ढंगको पञ्चायत लाद्न खोजेको बताए ।

प्रचण्डको यो योजनालाई नै असफल बनाउन आफूहरु लागेको उनको भनाई थियो । उनले यसअघिको जनताको आन्दोलनमा लाठी बर्साउने कमल थापा सरकारमा सामेल भएको र उनले पुरानै बाटोलाई अंगाल्दै गएको आरोप लगाए ।

प्रचण्ड सरकारले लडेर ल्याएको बहुदलीय प्रजातन्त्र खोस्ने र दलीय पहिचान अन्त गर्ने तथा निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस गरिरहेको उनको आरोप छ ।

यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै ६८ दलले संयुक्त संघर्ष जारी राखेका छन् । दलीय चुनाव चिन्हबाट बञ्चित भएको दलहरुले सुरु गरेको रिले अनसन बैशाख ८ गतेसम्म रहने जनाइएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment