Saturday, April 8, 2017

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका उपमहासचिव भरवर्गबीच भेटवार्ता

 । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव तथा पोषण कार्यक्रमका संयोजक ग्रेडा भरवर्गले शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधार भइरहेको बताउनुभयो ।

उहाँले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेन्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश छ भन्नुभयो ।

उपमहासचिव ग्रेडाले नेपालले पोषणमा गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा राष्ट्र सङ्घले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment