Saturday, April 8, 2017

काठमाडौंको बौद्धमा कुटीकुटी एकको हत्या, ६ जना पक्राउ

 काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित बस्ने ३५ बर्षीय तेन्जिङ ग्याल्छो लामाले संचालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुंदा सोही स्थान बस्ने ४६ बर्षीय पेम्वा शेर्पा घाईते

भई उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घटनामा संलग्न बा ३७ प ७९२६ नंबरको मोटरसाइकल सहित क्याफे संचालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ बर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment