Saturday, April 8, 2017

एमालेको कार्यक्रम विथोल्न खोज्दा लहानमा झडप, मोर्चाका नेतासहित १८ जना पक्राउ

सिरहा, २६ चैत । सिरहामा नेकपा एमालेको कार्यक्रम विथोल्न खोज्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिकाको नगरसभा हलमा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि शनिबार दिउँसो पशुपति आदर्श माविबाट एमालेले निकालेको जुलुसलाई मधेशी मोर्चाका कार्यकर्ताले जुलुस निकालेर विथोल्न खोज्दा झडप समेत भएको प्रहरीले जनाएको छ ।

एमालेको जुलुस विथोल्न खोज्ने संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

यता एमालेको कार्यक्रम स्थलमा प्रहरीले कडा सुरक्षा प्रदान गरिएको छ । मोर्चाका कार्यकर्ताले भने सडकमा प्रदर्शन जारी राखेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment