Thursday, April 13, 2017

नयाँ वर्षमा सेयरधनीलाई सेञ्चुरीको बम्पर बोनस

 सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई नयाँ वर्षमा बम्बर बोनस दिएको छ ।
साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० प्रतिशत बोनस र दुई संस्था प्राप्तीपछि ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ ।

यसैगरी सेञ्चुरी बैंकले ४ अबै ७ करोड पुँजी र चार संस्था प्राप्तीपछि २ अर्ब थप पुँजी हुने छ । अपुग पुँजी ४० प्रतिशत हकप्रद र चालु आर्थिक वर्षको मुनाफाबाट ८ अर्ब पुर्याउने बैंकले जनाएको छ । सबै संस्था गाभेपछि बैंकको शाखा संख्या ९० पुग्ने छ ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment