Saturday, April 1, 2017

२५ वर्ष पहिले हराएकी चेलिलाई भारतको कोलकत्ताबाट नेपाल ल्याईयो

 परिवार सँग बिछोड भई २५ वर्ष अघि बाट हराएकी एक चेलिको भारतको कोलकत्ता बाट उद्धार गरिएको छ ।

सप्तरी जिल्ला फतेपुर मा जन्मिएकी कल्पना बिष्ठ लाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । सानै उमेरमा आमाले लिएर हिडेपछि सम्पर्क बिहिन भएकी कल्पनालाई उनकी आमाले उनको मावलीघरबाट सिक्किम निवासी गोबिन कार्की सँग नौ वर्ष अघि बिबाह गराई दिएकी थिइन् ।  विवाह भएको १ वर्ष पछि एक छोरा भएको केही वर्ष पछि घरयासी झगडाले उनले घर छोड्न बाध्य भईन् ।

 एकासी उनको मानसिक समस्याले उनलाई सडकमा पुर्याएको थियो । सडकमा मानसिक सन्तुलन गुमाएकी कल्पनाको प्रहरीले अञ्जली मानसिक अस्पतालमा पुराएको थियो । १६ महिना अघि सो अस्पतालमा भर्ना भएकी कल्पनाको उपचार भए सँगै सो अस्पतालले नेपालमा महिला बालबालिका उद्धारको क्षेत्रमा कार्यरत विश्व सेवा बिस्तार संस्थालाई उनको परिवार खोजी दिन आग्रह गरेको थियो । सस्थाले कल्पनाको दाजु चन्द्र बहादुर विष्ट र सस्थाका कर्मचारी डिबि राना सहितको टोली एक साता अघि कोलकत्ता पठाएको थियो ।

 सो टोलीले त्यस अस्पतालमा रहेकी कल्पनाको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी शनिवार नेपाल फकाएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डिएसपी दुर्गा राज रेग्मी,सस्थाकी शाखा ईन्चार्ज मुना आचार्य,सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल,लगायतको उपस्थितिका बिच कल्पनालाई परिवारको जिम्मा लगाइएको छ । उता सो अस्पतालले यस्ता मानसिक रोग सम्बन्धी समस्या भएका नेपाल तथा भारतका २ सय ७० भन्दा बढी बिरामीको उपचार गरिराखेको अस्पताल स्रोतको भनाई रहेको छ ।

झापाबाट पत्रकार खगेन्द्र घिमिरे को सहयोगमा 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment