२८ वर्षीय कोहलीले अब विज्ञापनमा अभिनय गरेको प्रतिदिन ५ करोड रुपैयाँ लिने छन् । यससंगै उनी सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय सेलिब्रेटी बनेका छन् । कोहली करिब १८ ब्राण्डको लागि प्रचार गर्छन् ।
यसभन्दा पहिले २.५ देखि ४ करोड रुपैयाँ प्रतिदिनका हिसावले पारिश्रमिक लिइरहेका थिए । कोला कम्पनी पेप्सीसंग करार रिन्यू गर्दै कोहलीले बढी पारिश्रमिकको कुरा गरेका थिए ।
यससंगै अन्य दुई ब्राण्डले पनि कोहलीको नयाँ पारिश्रमिकको पुष्टि गरेका छन् । कोहली अब पूर्व कप्तान महेन्द्रसिंह धोनी, बलिवुड स्टार शाहरुख खान, रणबीर कपूर र रणवीर सिंह भन्दा पनि बढी विज्ञापनको पारिश्रमिक लिने स्टार बनेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment