Tuesday, April 4, 2017

‘बालकलाई हात्तीले घिसार्दै लग्यो, सेना हेरिरह्यो गोली हानेर मार्न सकेन’

मान्छे मार्न पल्केको हात्ती नमारिए आन्दोलन गर्ने चेतावनी
 । जङगली हात्तिको आक्रमणबाट ठुलो जनधनको क्षति भएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र अन्र्तगत श्रीरामनगर उपभोक्ता समिति आन्दोलित बनेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जंगली हात्तिको आतङ्क नियन्त्रण गर्र्नुपर्ने भन्दै सरकार सामु ९ बुँदे माग अघि सारेको छ ।

समितिले तत्काल आतङ्कित हात्तिलाई नमारिए कडा आन्दोलनमा उत्रिने जनाएको छ । समितिका अध्यक्ष नवराज न्यौपानेले जीवजन्तु र मानवबीचको सह–अस्तित्वलाई जोगाउँदै दुवै पक्षको उचित व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

पत्रकार भावुक योगीले मानव र जन्तुबीचमा शीत युद्ध सुरु भएको भन्दै सरकारले यसतर्फ तत्काल ध्यान दिनु पर्ने बताए । उनले भने,‘मध्यवर्ति क्षेत्रमा कम्जोर आर्थिक अवस्थाका मानिसको बसोबास छ, त्यहाँ जंगलि हात्तिको चरम आक्रमणबाट वस्ति त्रसित छ, राज्य निकाय मौन बसेको हुन्छ, सेनालाई खबर गर्दा समयमा पुग्दैन, यस्तो अवस्थामा सरकार मानवको पक्षमा भन्दा हिँस्रक हात्तिको पक्षमा उभिएको भान भएको छ।’

त्यस्तै कार्यक्रममा श्रीरामनगर उपभोक्ता समितिका संयोजक फिरु चौधरीले जंगली जनावरको आक्रमणबाट मृत्य भएकालाई हाल रु ५ लाख दिएकोमा असन्तुष्ट जनाउँदै भने,‘सरकारले राहतको नाममा ५ लाख दिएर झारो टार्ने काम भएको छ, अब ५ लाखले हुँदैन, १० लाख दिनुपर्छ, समयमा राहत र सुरक्षा दिने काममा सरकार लाग्नुपर्छ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धर्मराज शर्माले सरकारले पीडिको जीवन माथि ख्यालवाड गरिरहेको आरोप लगाए ।

उनले भने, ‘पहिले हरियाली बनाउनुस भनेर राज्यले हामीलाई भन्यो हामीले बनायौँ, आज हामीले संरक्षण गरेको वनमा पाटे बाघ बस्छ, राज्य गर्वगर्छ, तर हामी स्थानिय वासिन्दा रातभर जागा स्नुपर्छ, कति बेला के हुन्छ थाह हुँदैन, हाम्रो जीवन अनिश्चित बनेको छ, केही दिन अघि मात्रै एकजना बालकलाई हात्तिले घिसादै मार्या सेनाले हेरि रहयो तर गोली हानेर मार्न सकेन, यस्तो दुखद स्थितिमा किन राज्य लाचार बनेको छ ? अब तत्काल त्यो हात्तिलाई मार्नुपर्छ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment