देशभर गरेको अध्ययनले नेपाली समाजको लोकाचारको मुखुण्डो क्रमशः उदाङ्गो भइरहेको देखाएको छ। बाहिर बाहिर शास्त्रीय लोकाचारको गफ दिने, तर भित्र-भित्र शयनकक्षमा बसेर नग्न बालाका तस्बिर हेर्दै रमाउने मध्यम वर्गीय नेपाली पुरुषहरू मात्र हैन, चुल्हाचौकामा सीमित ठान्ने गरिएका महिलाहरू समेत विश्वव्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन्।
अनुसन्धानकर्ता मार्क लिट्टीले काठमाडौँ खाल्डोमा उदाउँदै गरेका नवधनाढ्यहरूले खपत गर्ने सेक्स र भोजनको बारेमा उल्लेख गरेको प्रसङ्ग नेपालका स-साना शहरमा पनि लागू हुन थालेको छ। ब्लू फिल्म निर्माणमा यस्तै वर्गको प्रत्यक्ष-परोक्ष संलग्नता छ।
१० वर्षअघिसम्म विदेशबाट लुकाएर ल्याइने अङ्ग्रेजी ब्लू फिल्मका चक्का पनि केही सम्भ्रान्त र लाहुरे परिवार भन्दा बाहिर पाइन मुश्किल पर्थ्या, तर हिजोआज थुप्रै नेपाली ब्लू फिल्म जताततै पाइन थालेका छन्। यस्ता चलचित्र किन बनिरहेका छन् र त्यसका लागि कुन कुन तत्वले प्रमुख भूमिका निर्वाह गरिरहेको छ भन्ने यथार्थ रोचक देखिन्छ।
फिल्म थरी-थरीका
नेपाली समाजमा देखिएको असीमित आकाङ्क्षा राजनीतिमा मात्र हैन, रेष्टुरेन्टमा गएर खाइने विदेशी परिकार र फास्टफुडदेखि शयनकक्षमा गरिने नितान्त वैयक्तिक मामिलामा समेत बढेको छ।
यसरी पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दैनन्दिन यस्तो जमातको वृद्धि भइरहेको छ, जसले यौनमा समेत विविधताको रस र नयाँ स्वाद लिन खोजिरहेको छ।
सुन्दा अपत्यारिलो लाग्छ― हिजोसम्म कालो, अग्लो, वलिष्ठ शरीर र गोरी, अग्ली,
स्लिम सुन्दरीबीच चल्ने यौनकर्मका चलचित्रबाट तुष्टि लिइरहेका नेपाली दर्शकहरूले आफूजस्तै औसत उचाइ, श्यामवर्ण र गहुँगोरो शरीरले खेलेका चलचित्रबाट सन्तुष्टि लिन थालेका छन्। देशभरका भिडियो पार्लरहरूबाट सङ्कलन गरिएको जानकारी अनुसार नेपाली ब्लू फिल्म खोजी-खोजी हेर्न चाहने सम्भ्रान्तलगायत मध्यमवर्गीय ग्राहकको मानसिकताले यस्तै चित्र प्रस्तुत गर्दछ।
बजारमा उपलब्ध र सौखिनहरूका कम्प्युटर हार्ड डिस्कमा सङ्गृहीत छोटा-लामा नेपाली ब्लू फिल्महरू दुई किसिमले बनेका छन्― जोडीको सहमतिमा सोखका लागि र व्यावसायिक रूपमा।
सोखका लागि बनाइएका फिल्म केही कमसल पनि हुनसक्छन् भने व्यवसायका लागि बनाइएका प्राविधिक रूपले स्तरीय हुन्छन्। कलेज परिसर र छात्रावासमा गरिएका यौनकर्मका दृश्यले मात्र हैन पैसा तिरेर हेर्न सकिने इन्टरनेट साइटमा राखिएका लामा-लामा नेपाली ब्लू फिल्मले नेपाली यौनशैलीलाई विश्वव्यापी बनाइदिएका छन्। मोबाइल फोनबाट खिचिएका थुप्रै क्लिप्सहरू बजारमा उपलब्ध छन्।
पोखरा, बिरौटाकी सीमा गुरुङ (नाम परिवर्तन)लाई शुरुमा ब्लू फिल्म हेर्दा घिन लागे पनि अहिले उनी खोजी खोजी त्यस्ता फिल्म हेर्ने गरेको बताउँछिन्। पोखरामै बीबीएस दोस्रो वर्षमा अध्ययनरत उनी कहिलेकाहीँ आफूलाई पनि त्यस्तो फिल्म खिच्न मन लाग्ने बताउँछिन्।
गुरुङले त्यस्ता युवापुस्ताको नेतृत्व गर्छिन्, जसलाई रहर र अनुभवका लागि पनि यौन दृश्य क्यामेरामा कैद गर्न कुनै अप्ठ्यारो लाग्दैन।
बजारमा उपलब्ध यस्ता फिल्ममध्ये कतिपय साथीभाइले थाहा नदिई सार्वजनिक गरिदिएका छन् भने कति आपसी सम्बन्ध बिग्रिएपछि। युवापुस्ताको यस्तो असावधानीबाट भिडियो पार्लरहरूले मनग्गे फाइदा उठाइरहेका छन्। एक व्यापारीको भनाइमा नयाँ क्लिप्स आउनासाथ सयौं सीडी बनाएर बजारमा पठाइन्छ। बजारमा नेपाली ब्लू फिल्मको चर्काे मागका कारण कमसल दृश्य समेटिएका सीडीको समेत खोसाखोस हुन्छ।
यसरी बजारमा पाइएका भिडियो पछाडिका रामकहानी भने छुट्टै हुन्छन्। पोखरा, रानीपौवाकी एउटी मासुपसलेे महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझ्ा इदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए।
अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझन सकिन्छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment