Saturday, April 8, 2017

जबसम्म शेरबहादुर देउवा सभापति रहन्छन तबसम्म काँग्रेसको भलो हुने छैन् !


'चुनावमा हार्ने निश्चित भएपछि उपेन्द्र यादवले मधेसी जनता चुट्न खोजे'

नेपाल सरकारद्धारा प्रकाशित नेपालको संविधान धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३।

०९।२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३।१०।२२ को निर्णय अनुसार माननीय, संघीय मामिला तथा स्थानीय विकासमन्त्री संयोजकत्वमा गठित समितिले मिति २०७३।११।२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३।११।२२ मा देहाय बमोजिमको ४ सय ८१ गाउँपालिका, २ सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र ४ महानगरपालिका समेत ७ सय ४४ गाउँपालिका तथा

नगरपालिकाको नाम, संख्या, सिमाना तथा वडाको सिमाना कायम गरेको र गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सम्बन्धित गाउँसभा वा नगरसभाले निर्णय गरे बमोजिम हुनेगरी हाललाई त्यस्तो गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको केन्द्र कायम गरेकोले यो सुचना

प्रकाशन गरेको छ भनि नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सूचना प्रकाशित भएको जानकारी नेपालको विभिन्न पार्टी, संघ संस्था र जनसमुदायलाई अवगत भइसकेको नागरिकलाई महसुस भएको छ ।

जबसम्म काँग्रेसमा शेरबहादुर देउवा सभापति रहन्छन तबसम्म काँग्रेसको भलो हुने छैन भन्ने जनसमुदायलाई महसुस भएको छ । कारण सर्वोच्चको निर्णयलाई नै नमान्ने व्यक्तिले अरु पार्टी र जनतालाई उसले के सम्मान गर्ला र !

मधेसी मोर्चाका अध्यक्ष तथा सदस्य महोदयहरुबाट धेरै शब्दहरु बाहिर आएको छ भने जबकी नेपाल सरकारले २० वर्षदेखि स्थानीय चुनाव अड्किरहेको विषयलाई नै लिएर माथि उल्लेख भएको नेपाल राजपत्र भाग ४ को निति नियम सम्वद २०७४ वैशाख ३१ गते सम्पन्न गर्ने मिति तिथी समेत तयार भइसकेको अवस्था छ ।

मधेसी मोर्चाको आवद्ध केही सदस्यहरुको घमण्डी विचारले गर्दा मधेसी जनसमुदायको भोट दिने मौलिक अधिकारलाई नै बञ्चित गर्नेगरी चुनावमा आफूहरु हार्ने निश्चित भएको कारणले गर्दा उपेन्द्र यादवले हलो अड्काएर गोरुलाई चुटेको जस्तो गरी मधेसी जनतालाई चुट्न खोजेको त होइन ।

उपेन्द्रको भनाई यस्तो छ की जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्ने र छुटेको मतदाताको नामावलीमा समावेश हुनुपर्ने यादवको अडानले गर्दा चुनावको लागी जुटी सकेको मधेसी जनताको मनमा आघात (चोट) परेको मधेसी जनसमुदायलाई नै महसुस भएको छ ।

मधेसमा चुनावको रौनक
पहाड र हिमालमा भन्दा मधेस तराइमा चुनावको रौनक अत्याधिक बढेको मधेसी बुद्धिजिवी र विश्लेषकहरुको भनाई आएको छ । नागरिकलाई प्राप्त भएको समाचार अनुसार मोर्चाको राजनैतिक सदस्यहरुलाई आफु अनुकुलका संविधान नभएको भनि संविधान निर्माण भएर जारी भए देखिनै मधेसी जनतालाई विभेद गरी बनाएको संविधान हामीलाई मान्य छैन भनि मधेसका गरिब, सोझा सिधा जनतालाई उक्साएर आन्दोलनमा उतारेर मधेसलाई नै तहसनहस गरेको त होइन ?

अहिलेको परिस्थितीमा नेपाल राजपत्र भाग–४ मा प्रकाशित भइसकेको चुनाव घोषणालाई रोक्ने अधिकार यी चार जना मोर्चाका कारण चुनाव कहिले पनि विथोल्ने छैन भन्ने मधेसी जनसमुदायलाई आभास भएको छ । कारण २० वर्षदेखि अवरुद्ध भएको चुनावको कारण मधेस, पहाड र हिमाल यी तिनै स्थानको गरिब जनताले दुःख भोगेको कुराहरुलाई मधेसी भ्रष्ट सदस्यहरुलाई थाहा छैन ? र पनि जनताको काधँ माथि आफ्नो बन्दूुक थमाउने सिवाय यी भ्रष्ट मधेसी सदस्यको व्यवहारबाट वाक्क लागेको मधेसी जनताले चुनावमा भोट हाल्नको लागी आतुर रहेको मधेसी जनआवाजहरु सर्वव्यापी सुन्नमा आएको छ ।

काँग्रेसको वेइमानी नीति
प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा सर्वाेच्च अदालतबाट कार्यकारीणी माथि हस्तक्षेप भएको भनि नेपाली काँगे्रसको सभापति शेरबहादुर देउवा र काँग्रेस कै अरु सदस्यहरुले पनि केहि समय अघि मात्र सर्वोच्च अदालतले कार्यकारिणी माथि हस्तक्षेप भएको भनि दिएको अभिव्यक्तिले नेपाली काँग्रेसले नेपालको जनता, विभिन्न सरकारी कार्यालय र न्यायलय पनि उनको अर्थात काँग्रेसको मुठीमा हुनपर्ने भन्ने विचारले काँग्रेस आफैलाई दुर्भाग्यपूर्ण छ भन्ने सोच विचार नगरी काँग्रेस मात्र यो राष्ट्रको अतिपति हो भनि घमण्डी गरेकोमा २ करोड ८० लाख जनसमुदायलाई नै लाजको आभास भएको छ ।

मधेसी मोर्चाको आवद्ध केही सदस्यहरुको घमण्डी विचारले गर्दा मधेसी जनसमुदायको भोट दिने मौलिक अधिकारलाई नै बञ्चित गर्नेगरी चुनावमा आफूहरु हार्ने निश्चित भएको कारणले गर्दा उपेन्द्र यादवले हलो अड्काएर गोरुलाई चुटेको जस्तो गरी मधेसी जनतालाई चुट्न खोजेको त होइन ।

स्वतन्त्र न्यायालय, प्रजातन्त्र न्यायलयले गरेको फैसलामाथि नै प्रश्न उठाउनु भनेको लज्जास्पद हो भन्ने नागरिकको विचार हो । २००७ सालदेखि २०५० सालसम्म थुप्रै अवसर पाएको काँग्रेस धेरै पटक चुकेको र काँग्रेस संसदमा अहिले पनि काँग्रेसको स्पष्ट भूमिका जनताले देखिएन । विद्यमान राजनैतिकका समास्या समाधान र संविधान संसोधन र निर्वाचनको वातावरण सहज बनाउन ठूलो दलको हैसियतले पनि जिम्मेवारी लिएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने एउटा ठूलो पार्टीको हैसियत पटक्कै देख्दिन काँग्रेसमा किन ?

भद्र सहमति
अर्थात राजनीतिक दलहरुको भद्र सहमतिमा जसरी संविधान घोषण भएको थियो, सहमती प्रधानमन्त्री निर्वाचनमा काँग्रेस आफैले तोड्यो । र भारतको नाकाबन्दीको समयमा आफ्नै पार्टीकोतर्फबाट राजदूत दिप कुमार उपाध्याय हुँदा पनि स्पष्ट कुटनैतिक भूमिका देखाउन सकेन । र नाकाबन्दीलाई काँग्रेसले भारतीय पक्ष नै नाकाबन्दी भएको हो भनि बोल्न पनि सकेन किन ?

प्रहरी विषयमा
बरियातमा तेस्रो तहमा भएको जय बहादुर चन्द लाई प्रहरी महानिरीक्षक बनाउने दबाबमा नियुक्ति गरिएको थियो । अन्ततः सर्वोच्चले मन्त्रिपरिषदले गरेको निर्णयलाई वदर गरिदियो । के नेपाली काँग्रेसको, यो देश नेपालको न्यायलय, मन्त्रालय र २ करोड ८० लाख जनसमुदाय पनि सभापति देउवाको श्रीमतीको पेवा (दाइजो) हो की के हो ?

जनतामा हल्ला

लेखक : जम्बला लामा

अर्थात त्यतिखेरको महानिरिक्षक नियुक्तिको विषयमा ठूलो धनराशि (आर्थिक) चलखेल भएको भन्ने मिडियाहरुद्धारा नागरिकलाई खबर प्राप्त भएको थियो । तर नागरिकलाई विश्वास लागेको थिएन । कारण नेपाली काँग्रेस भने ठूलो हैसियत भएको पुरानो पार्टीले यस्तो गनाउने घृणा काम गर्छ जस्तो लागेको थिएन । तर नेपाली काँग्रेसद्धारा न्यायलयले कार्यकारीणी माथि हस्तक्षेप भनि समाचार पढ्दा नागरिक र जनसमुदायलाई धेरै दुःख लागेको महसुस भएको छ ।

के नेपाली काँग्रेसले राष्ट्रलाई सम्हाल्न सक्छ ? यस्तो आफ्नो हैसियतलाई भुलि अनैतिक तवरबाट प्रहरी प्रशासनलाई नै हस्तक्षेप गर्ने नीति काँग्रेसलाई कस्ले दियो । अर्थात देउवालाई । यस्तो रटान मच्चाउने व्यक्ति काँग्रेसको सभापति रहिरहन अस्वभनिय जस्तो भएको नागरिकको विचार हो । त्यसकारण जबसम्म काँग्रेसमा शेरबहादुर देउवा सभापति रहन्छन तबसम्म काँग्रेसको भलो हुने छैन भन्ने जनसमुदायलाई महसुस भएको छ ।

कारण देउवाले सर्वोच्चको निर्णयलाई नै नमान्ने व्यक्तिले अरु पार्टि र जनतालाई त उनले के सम्मान गर्छ र । अझैपनि प्रहरी महानिरिक्षकको लागी दाउपेज खेल्दै गरेको समाचार नागरिकलाई प्राप्त भएको छ । उनको विचारमा नवराज सिलवाललाई महानिरीक्षक नियुक्ति नगर्नेमा अडिग छ ।

राजदूत सम्बन्धि
जुन व्यक्ति अर्थात दिपक उपाध्यायलाई केपी ओली सरकारको पालामा भारतले अघोषित नाकाबन्दी गर्दामा उनले राम्रोसँग कुटनैतिक भूमिका निर्वाह गर्न नसकेको कारणले गर्दा उनलाई फिर्ता बोलाएको थियो । तर केपी ओली सरकारलाई शेरबहादुर देउवाले बल बलमिचाईको तरिकाबाट अर्थात संसदमा अविश्वासको प्रस्तावक भएर ओली सरकारलाई ढलाएर अर्थात खोसेर प्रचण्ड दाहाललाई प्रधानमन्त्री पदको टिका लगाएर आफुचाहि ढुलेमुले खेल खेली फेरी पनि ओली सरकारले फिर्ता बोलाएको दिपक उपाध्यायलाई अर्थात दुषित व्यक्तिलाई नै भारतको लागी सिफारीस गर्नु भनेको थुकेको थुकलाई फेरी पनि मुखमा टिपेर हाले जस्तो होइन र ? त्यसकारण नेपाली काँग्रेसको हैसियत निच्चा, तल झरेको जस्तो जनसमुदायलाई आभास भएको छ ।

नौ महिना कार्यकाल
अब छोटो समयमा तीन तहको निर्वाचन गरी सक्नुपर्ने बाध्यता पनि छ । फेरी पनि देउवालाई आफु प्रधानमन्त्री पद पाउने मिति पनि नजिक आइसकेको छ । अर्थात प्रचण्ड सँग गरेको नौ महिनाको कपाली तमसुक को मिति नजिक आइसकेको देउवालाई थाहा छ । एकातिर मधेसमा समस्या छ । यतातिर जनताले पनि ठूलो दलको हैसियत भएको काँग्रेसले यतिवेला कस्तो रुपरेखाबाट भूमिका निर्वाह गर्ने छ भन्ने जनचासोको विषय बनेको छ । तर नेपाली काँग्रेसले भने एकपछि अर्को गल्ती गर्दै आफ्नो जिम्मेवारीबाट टाढिएको जनआभास भएको छ ।

अर्थात उनले सर्वभौमसत्ता जनतामा निहितको निति लाई भुलेर आफ्नो स्वार्थको लागी न्यायधिस सिफारिस पनि आफ्नै पकेटबाट निकाल्ने, मन्त्रालय तिरको सचिव सरुवा बरुवा पनि आफ्नै पोल्टोबाट नै निकाल्ने र अन्तिममा प्रहरी महानिरिक्षक पनि काँग्रेस कै पोल्टोमा हुनपर्ने निति व्यबहारले गर्दा काँग्रेस जनताबाट टाढा हुने अवस्था सिर्जना भएको जनसमुदायलाई महसुस भएको छ ।

भुई चढेर अमेरिका पुग्दैन
अर्थात काँग्रेसले भुई चढेर अमेरिका पुग्ने सोच गरेको छ भने उनको त्यो विचार गलत हुने छ भन्ने नागरिकको विचार हो । अर्थात नेपाली काँग्रेस ठूलो हैसियतको पार्टी हो भनि घमण्डी गर्छौ भने अब काँग्रेसले त्यो सपना देख्न छोडे हुन्छ । अब काँग्रेसको समाजवादी सिद्धान्तलाई यथार्थ र व्यवहारमा उतार्नको लागी जरुरी भएको नागरिकलाई महसुस भएको छ । त्यसकारण भुई चढेर अमेरिका पुग्दैन अर्थात काँग्रेस सबैभन्दा ठूलो पार्टी हो भनि उनले जनताबाट टाढा गयो भने काँग्रेसले भुई चढेको अनुभव जनतामा हुनेछ ।

तर जनतासँग नजिक भएर व्यवहारमा उत्र्यो भने पक्कैपनि काँग्रेसले जनविश्वास जित्न सफल मिल्नेछ भन्ने जनविचार हो । र अब जनता तर्फबाट सुझाव पनि गर्दछु । नेपाली काँग्रेसले आफु पुरानो र ठूलो दलको हैसियत पनि देशमा सरकार ढलाउने र गिराउने फोहोरी खेललाई बन्द गरी आफ्नो (काँग्रेस) को इज्जत राख्नको लागी पनि गाई मारी गधा पोस्याउने नीतिलाई त्यागेर जनसेवामा जुट्नको लागी अनुरोध पनि गर्दछु ।

जय नेपाल ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment