Saturday, April 8, 2017

अस्पतालबाटै क्रिश्चिय धर्मको प्रचार भएपछि पाल्पालाई बनाइयो धर्म परिवर्तन मुक्त क्षेत्र

 । पाल्पाको बराङ्ग्दीलाई धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा गरिएको छ ।

बराङ्ग्दी शिवासन क्षेत्रमा जनसहभागिताको साथ विभिन्न राजनीतिक दल, संघ संस्था धार्मिक क्षेत्रका प्रमुख ब्यक्तित्वहरु र बिशिस्ट ब्यक्तित्वहरुको सम्बोधन एवं पाल्पा जिल्लामा धमिराले काठलाई खाएजस्तै धर्म परिवर्तन गराउन मद्दत पुर्याउने युनाइटेड मिशन टू नेपालद्वारा सन्चालित अस्पतालको रुपमा रहेको धर्म

परिवर्तन केन्द्र र सोझासाझा गरिबलाई धर्म परिवर्तन गराउन सशक्त भुमिका निर्वाह गर्ने टोलटोलका चर्च र बाइबल कम्पनीको व्यापारदेखि वाक्क भएका मौलिक धर्मप्रेमीहरुको भेला गराइ सो क्षेत्रलाइ धर्म परिवर्तन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रमुख अतिथि हिन्दु जागरण नेपालका अध्यक्ष अध्यात्म शिरोमणि पन्डित रामकृष्ण उपाध्याय रहेको कार्यक्रममा सभापतिको आसन शिवासन धामका अध्यक्ष माधब बस्यालले गरेका थिए ।

हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य प्रबिण रिजाल केन्द्रिय कार्यक्रम सयोजक जगन्नाथ सुवेदी, रुपन्देही जिल्ला प्रमुख उमा ढकाल पश्चिम कमान्डर याम बहादुर भण्डारी, स्याङ्ग्जा प्रतिनिधि प्रकाश डुम्रे, अर्घाखाँचीका दिपेन्द्र श्रेष्ठ, गुल्मी प्रतिनिधि शृजना पन्थी लगायतले धर्म परिवर्तन गराउनेलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

अबदेखि सो क्षेत्रमा कोहि कसैले धर्म परिवर्तन गर्ने या गराउने ब्यक्तिको भुमिका प्रमाणित भएमा सोलार्इ कारवाही गरिने प्रतिज्ञा नव निर्वाचित कार्यसमितिले गरेका छ ।



नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैह्रे, राप्रपाका पदम राना र नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण भुसालले पाल्पा जिल्लामा धर्मपरिवर्तन एउटा समस्या रहेको र यसलाइ निवारण गर्न हाम्रो पूर्ण सहयोगी भुमिका रहने बचनबद्धता ब्यक्त गरे ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण प्रसाद बस्यालले ५ हजार रुपैयाँ सहयोग गर्नुको साथै अब हामी चुप लागेर बस्यौं भने सिङ्गो देशकै धर्म परिवर्तन गरेर देशलार्इ गुलाम बनाउनबाट जोगाउन हिन्दु जागरण नेपालले महत्वपूर्ण योगदान पुर्याउनेछ र हिन्दु जागरण नेपाललाइ हाम्रो पूर्ण समर्थन र सहयोग गर्ने वचन दिए ।

विभिन्न धार्मिक संस्थाका अतिथिहरुले पाल्पा जिल्लामा भैरहेको धार्मिक अतिक्रमणको बिरुद्ध हिन्दु जागरण नेपालले जुन आवाज उठायेको छ सो आवाजलाई समर्थन गर्दै हामी पनि प्रतिबद्धरुपले धर्म परिवर्तन मुक्त समाज निर्माण गर्न हामि सबैको सहयोगी भुमिका र एकता गर्नेछौं भन्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।

सोही कार्यक्रमको अन्तमा विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरुको संलग्नतामा तत्काल १९ सदस्यीय हिन्दु जागरण नेपाल पाल्पा जिल्ला समिती गठन गरियो ।

आगामी बैठकमा पाल्पाका विभिन्न क्षेत्रलाइ समेटने गरि पूर्ण जिल्ला समिती गठन गर्ने प्रतिबद्धता नव गठित समितिका अध्यक्ष पिताम्बर बस्यालले ब्यक्त गरे ।

नवगठित समितिका अध्यक्ष पिताम्बर बस्यालले बिस्तारै गाउँ–गाउँलाइ धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्दै सिङ्गो पाल्पा जिल्लालाई नै धर्म परिवर्तन मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment